+
+

बलिउड अभिनेत्री भाग्यश्री काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १२:३९

काठमाडौं । सलमान खान स्टारर सन् १९८९ को चर्चित बलिउड फिल्म ‘मैंने प्यार किया’ फेम्ड अभिनेत्री भाग्यश्री काठमाडौं आइपुगेकी छन् ।

आइतबार बेलुका भारतबाट नेपाल एयरलाइन्सको विमानबाट उनी काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेकी थिइन् । विमानस्थलमा उनलाई विमान कर्मचारीहरुले स्वागत गरेका थिए । उनको नेपाल आगमनबारे केही खुलाइएको छैन । यद्यपि, उनी निजी कार्यक्रमको सिलसिलामा आएको अनुमान छ ।

पदयात्रामा रुचि राख्ने भाग्यश्री पोषणसम्बन्धी जानकार समेत हुन् । सुरज वर्जत्य निर्देशित फिल्म ‘मैंने प्यार किया’बाटै बलिउड डेब्यु गरेकी भाग्यश्रीले सोही फिल्मबाट सर्वोत्कृष्ट डेब्यु नायिका विधामा फिल्मफेयर अवार्ड पनि जितेकी थिइन् ।

थुप्रै भारतीय इन्डिपेन्डेन्ट फिल्ममा समेत अभिनय गरेकी उनले स्टुडियो वान, लौट आओ तृषा जस्ता टेलिभिजन सिरिज समेत निर्देशन गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?