+
+

माओवादी नेतालाई कमल थापाले गरे एमालेमा स्वागत

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १७:१६

२४ असोज, हेटौंडा । एमाले पार्टी कार्यालय मकवानपुरमा आज एउटा अचम्मको दृश्य देखियो । नेकपा माओवादी केन्द्रका जिल्लास्तरका नेता पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गर्दै थिए भने उनको स्वागत गर्नेमा थिए– राप्रपा नेपालका अध्यक्ष कमल थापा ।

एमालेले आगामी मंसिर ४ मा हुने निर्वाचनका सन्दर्भमा चुनावी रणनीति बनाउनका लागि आफ्ना पार्टीका तर्फबाट उम्मेदवार बनेका नेता र जनवर्गीय संगठनका नेतासँग अन्तर्क्रिया कार्यक्रम राखेको थियो ।

उक्त कार्यक्रममा एमालेको समर्थनमा उम्मेद्वार बनेका थापा पनि अरु उम्मेद्वारसँगै थिए । यहि कार्यक्रममा माओवादी केन्द्रका जिल्ला सदस्य शंकर राउत एमाले प्रवेश गरे । थापाले उनै राउतलाई एमालेमा स्वागत गरेका हुन् ।

कार्यक्रममा उनले करिब २० मिनेट सम्बोधन पनि गरेका थिए । सम्बोधनको बढीजसो समय उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसामा खर्च गरे भने राष्ट्रवादी शक्तिलाई किनारा लगाउन सत्तागठबन्धन लागिपरेको आरोप लगाए ।

उनले सूर्य चिह्नबाट चुनाव लड्न पाउनु आफ्नो लागि गौरवको कुरा भएको दोहोर्‍याए । उनले भने, ‘मलाई यो भन्दाखेरी गौरवको अनुभव हुन्छ कि एमालेजस्तो गौरवशाली राष्ट्रियता र लोकतन्त्रको पक्षमा निरन्तर संघर्ष गरेको पार्टीको सहयोग प्राप्त गर्नु र उक्त पार्टीको अत्यन्तै लोकप्रिय चुनाव चिह्न सूर्यबाट चुनाव लड्न पाउनु मेरो निमित्त सौभाग्य नै हो भन्ने ठानेको छु ।’

उनले यसो भनिरहँदा कार्यक्रममा सहभागि एमालेका नेता कार्यकर्ताले तालि बजाएका थिए । तालीबाट हौसिएका थापाले अघि भने, ‘अब म सूर्यध्वजाबाहक ठुलो परिवारको सदस्यको रुपमा रहेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?