+

गर्भनिरोधको सबैभन्दा प्रभावकारी उपाय के हो ?

२०७९ असोज  २५ गते १४:०४ २०७९ असोज २५ गते १४:०४
गर्भनिरोधको सबैभन्दा प्रभावकारी उपाय के हो ?

सन्तानको रहर पूरा भइसकेपछि वा सन्तानको योजना बनाउनुअघि शारीरिक सम्बन्ध कसरी सुरक्षित राख्ने भन्ने कुरा आम दम्पतीको लागि चासो हुन्छ । कहिलेकाहीं अनिच्छित गर्भ रहन्छ र त्यसले अनायासै झन्झट थपिदिन्छ ।

यस्तो अवस्थामा कसरी सुरक्षित यौन सम्बन्ध राख्ने ? कस्तो विधि अपनाउँदा गर्भ रहने जोखिम हुँदैन ? यसका अनेक विधि प्रचलनमा छन् । जस्तो कण्डमको प्रयोगदेखि नरप्लान्टसम्मका विकल्प अपनाउन सकिन्छ ।

के के छन् गर्भनिरोधका उपाय ?

गर्भनिरोधकको रुपमा हर्मोनल औषधि पिल्स, तीनमहिने संगिनी सुई लगायतको प्रयोग गर्न सकिन्छ । नन-हर्मोनल उपायमा चाहिं कण्डम, कपर्टी लगायतका साधन प्रयोग गर्न सकिन्छ । गर्भनिरोधकको ‘क्यालेन्डर मेथर्ड’ प्राकृतिक उपाय पनि प्रचलित छन् ।

सबैभन्दा प्रभावकारी विधि

गर्भनिरोधका विभिन्न विधिमध्ये कण्डमको प्रयोग नै सबैभन्दा प्रभावकारी हुन्छ । कण्डमको प्रयोग अन्य गर्भनिरोधक उपायको तुलनामा ९९ प्रतिशत सुरक्षित हुन्छ । यसको साइड इफेक्ट पनि कम हुन्छ र यसले विभिन्न यौनरोगबाट पनि बचाउँछ । त्यसैले गर्भनिरोधकको लागि कण्डमको प्रयोग अन्य विधिभन्दा बढी प्रभावकारी हुन्छ ।

अन्य विधिमा के छन् अप्ठ्यारा ?

गर्भनिरोधकको हर्मोनल विधिले महिनावारी गडबड हुने, महिनावारीको बेलामा अत्यधिक रगत बग्ने, मोटोपन, अनुहारमा चायाँ पोते आउने र कलेजोमा समस्या जस्ता समस्या हुन सक्छ ।

पाठेघरमा मुखमा राखिने भएकाले कपर्टीका पनि केही बेफाइदा छन् । यसले पाठेघरको इन्फेक्सन हुने, पाठेघरको मुखमा घाउ हुने, चिलाउने, कपर्टी राखेको नमिलेको खण्डमा महिनावारीको बेला धेरै रगत बग्ने जस्ता समस्या देखा पर्छ ।

कण्डमको प्रभावकारिता 

गर्भनिरोधकको उपायमध्ये यो सबैभन्दा सरल एवं प्रचलित उपाय हो । यसको प्रयोगले महिलामा गर्भधारणको प्रक्रियामा रोकावट ल्याउनुका साथै यौनजोडीलाई यौन संक्रमणबाट समेत जोगाउँछ । यो अन्य उपायभन्दा धेरै सुरक्षित हुन्छ । यसको खासै केही साइड इफेक्ट पनि हुँदैन ।

गर्भ नरहन प्राकृतिक विधि 

गर्भ नरहनका लागि प्राकृतिक उपाय पनि छ, जसलाई ‘क्यालेन्डर मेथर्ड’ भनिन्छ । यो उपाय अपनाउन ओभलियसन अवधि गणना गर्ने र अण्डा परिपक्व भएर पाठेघरमा आउने बेलामा यौन सम्पर्क नगर्ने । यौन सम्पर्क गरेको खण्डमा पनि वीर्यलाई बाहिर निकाल्ने गर्नुपर्छ । ओभलियसनको समय भन्दा अगाडि वा पछाडि यौन सम्पर्क गरेको खण्डमा गर्भ रहँदैन ।

नवविवाहित दम्पतीको लागि गर्भनिरोधक 

नवविवाहित दम्पती जो केही वर्षको ग्यापपछि मात्र गर्भधारण गर्न चाहन्छन्, उनीहरूले गर्भनिरोधकको लागि कण्डम तथा पिल्स चक्की प्रयोग गर्न सक्छन् । कण्डमको प्रयोग त सुरक्षित भइहाल्यो, साथै पिल्स चक्कीको पनि खासै धेरै साइड इफेक्ट हुँदैन । यो प्रयोग गर्न पनि सजिलो हुन्छ र बच्चा चाहिएको खण्डमा यो सेवन गर्न छाडेपछि बच्चा पनि सजिलै बस्छ ।

एउटा बच्चा भइसकेको छ र दोस्रो बच्चाको जन्मान्तरको लागि कपर्टी तथा नरप्लान्टको प्रयोग गर्न सक्छन् । पाँच वर्षको लागि नरप्लान्ट तथा कपर्टीको प्रयोग गर्दा पहिलो बच्चा राम्ररी हुर्किसकेको हुन्छ र दोस्रो बच्चाको लागि त्यसलाई निकाल्न सकिन्छ ।

(प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कार्कीसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

गर्भनिरोधक सन्तान
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ