+
+
नवौं राष्ट्रिय खेलकुद :

दोस्रो दिन गल्फ, ह्याण्डबल, एथलेटिक्स र पौडीमा स्वर्णको रौनक (फोटोफिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७९ असोज २९ गते २२:२९

२९ असोज, काठमाडौं । शुक्रबार उद्घटन भएको नवौं राष्ट्रिय खेलकुदको दोस्रो दिन शनिबार अधिकांश खेलका प्रतियोगिता सुरु भएका छन् । गण्डकी प्रदेशका ८ जिल्लामा सन्चालित प्रतियोगिताका अधिकांश खेलहरु कास्की जिल्लामा आयोजना भएका छन् ।

उद्घाटनअघि नै सुरु भएका र शनिबारदेखि सुरु भएका केहि खेलका केहि स्वर्ण पदकको छिनोफानो भएको छ । शनिबारदेखि पोखराको फिस्टेल एकेडेमीमा सुरु भएको पौडी प्रतियोगिताको पहिलो दिन ८ स्वर्णको छिनोफानो भयो ।

त्रिभुवन आर्मी क्लब ३ स्वर्ण, ३ रजत र १ कांस्यसहित शीर्ष स्थानमा रहँदा ३ स्वर्ण र १ रजतसहित एनआरएनए टिम दोस्रो स्थानमा छ । २ स्वर्ण, २ रजत र १ कांस्य जितेको एपीएफ तेस्रो स्थानमा छ ।

एनआरएनए टिमका लागि खेलेकी एस्ली सापकोटा डंगोलले पहिलो दिन नै तीन स्वर्ण जितिन् । डुवाना लामाले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान एकैदिन दुईपल्ट सुधार गरिन् ।

जलपरी गौरीका सिंह स्वास्थ्य समस्याका कारण पहिलो दिनको दुई फाइनल स्पर्धामा वाकओभर दिइन् । पेट दुख्ने र बान्ता हुने समस्याको उपचार भइरहेको उनकी आमा गरिमा राणाले बताएकी छन् ।

पोखरा रंगशालामा शनिबारदेखि नै सुरु भएको एथलेटिक्स प्रतियोगितामा पहिलो दिन ७ स्वर्णको छिनोफानो भयो । महिला १ सय मिटरमा एकै दिन दुई राष्ट्रिय कीर्तिमान बने । हिट चरणमा लुम्बिनी प्रदेशकी निशा चौधरीको कीर्तिमानलाई फाइनलमा आर्मीकी सरस्वती चौधरीले तोडिन् ।

पहिलो दिन आर्मीले ३ स्वर्ण, ३ रजत र ३ कांस्य गरी ९ पदक जित्यो । एपीएफले २ स्वर्ण, १ रजत र १ कांस्य जित्यो । नेपाल पुलिसले १ स्वर्ण, १ रजत र २ कांस् यजित्यो । वागमतीले १ स्वर्ण, र १ कांस्य जित्दा लुम्बिनी प्रदेशले २ रजत जित्यो ।

१० हजार मिटर महिलातर्फ बागमतीकी सन्तोषीले स्वर्ण जितिन् । १५०० मिटर महिलातर्फ एपीएफकी फूलमती राना र पुरुषतर्फ आर्मीका मुकेश पालले स्वर्ण जिते । १०० मिटर पुरुषतर्फ एपीएफका शिवराज पार्की र महिलामा आर्मीकी सरस्वती चौधरीले स्वर्ण जिते । शटपुटमा आर्मीका तिलक विक र महिलातर्फ पुलिसकी चन्द्रकला लामगाडेले स्वर्ण जिते ।

असोज २४ गतेदेखि सुरु भएको ह्याण्डबलको शनिबार महिला र पुरुष दुवैको फाइनल खेल सम्पन्न भए । पुरुषतर्फ घरेलु टोली गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई हराउँदै स्वर्ण जित्यो । यो गण्डकीका लागि पहिलो स्वर्णसमेत हो । महिलातर्फ एपीएफलाई १७–१६ को झिनो स्कोरमा पराजित गरी आर्मीले स्वर्ण जित्यो ।

पोखराकै हिमालयन कोर्षमा आयोजित गल्फमा शनिबार १३औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता त्रिभुवन आर्मी क्लबका सुभास तामाङले पुरुष एकलमा स्वर्ण जिते । महिला एकल र पुरुष तथा महिलाको टिम इभेन्टमा बागमती प्रदेशले स्वर्ण जितेको हो ।

पोखराकै ड्यामसाइड नजिकै रानीवनमा भएको साइक्लिङमा त्रि भुवन आर्मी क्लवका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्ण जिते । पर्वतको कुस्मामा शनिबारदेखि सुरु कराँते प्रतियोगितामा तीन स्वर्णको छिनोफानो भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?