News Summary
Generated by OK AI. Editorially reviewed.- पाँचौं नखिपोट खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ बलर्सलाई ६१–२२ ले हराउँदै ग्रान्डी स्टार्स फाइनलमा प्रवेश गरेको छ ।
- ग्रान्डीका लागि विनामनि योञ्जनले १८ स्कोर गरिन् ।
- प्रतियोगिताको पुरुषतर्फ आईएमएस कीर्तिपुर, इन्जिनिएरिङ, नेपाल आर्मी र बूढानीलकण्ठ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
२८ जेठ, काठमाडौं । ग्रान्डी स्टार्स पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको महिलामा बिहीबार फाइनलमा प्रवेश गरेको छ ।
नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा ग्रान्डीले बलर्सलाई ६१–२२ ले पराजित गर्यो । विजयी टिमका लागि विनामनि योञ्जनले १८ स्कोर गरिन् । उपाधिका लागि ग्रान्डीले ट्रेनिङ ग्रान्ड र बूढानीलकण्ठको विजेतासंग खेल्ने छ ।
पुरुषमा आईएमएस कीर्तिपुरले डा एरीलाई ७३–६१, इन्जिनिएरिङले आईएसए नेपाललाई ५८–५३, नेपाल आर्मीले केभीसी हाउन्ड्सलाई ८९–७६ र बूढानीलकण्ठले टाइम्सलाई ४६–४२ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । कीर्तिपुरका अभिषेश सिंह र साइरस थापा मगरले समान १६–१६, इन्जिनिएरिङका समिर उप्रेतीले २१, आर्मीका प्रज्ज्वल महर्जनले २४ तथा बूढानीलकण्ठका विजय लामाले १५ अंक जोडे ।
सेमिफाइनलमा आर्मीको भेट बूढानीलकण्ठसंग हुनेछ भने इन्जिनिएरिङले कीर्तिपुरको सामना गर्ने छ । प्रतियोगिताअन्तर्ग शुक्रबार पुरुषको २ तथा महिलाको १ गरी ३ सेमिफाइनल हुनेछ ।
प्रतिक्रिया 4