+

मेक्सिको भर्सेस् दक्षिण अफ्रिका : यी हुन् चम्किन सक्ने खेलाडी

२०८३ जेठ  २८ गते १६:४६ २०८३ जेठ २८ गते १६:४६
मेक्सिको भर्सेस् दक्षिण अफ्रिका : यी हुन् चम्किन सक्ने खेलाडी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा आज आयोजक मेक्सिको र दक्षिण अफ्रिका ऐतिहासिक एस्टेका रङ्गशालामा भिड्दैछन् ।
  • घरेलु मैदानमा मेक्सिकोका तर्फबाट कप्तान एड्सन अल्भारेज र स्ट्राइकर राउल जिमेनेज मुख्य भूमिकामा देखिनेछन् ।
  • दक्षिण अफ्रिकाका लागि स्ट्राइकर लाइल फोस्टर र मिडफिल्डर तेबोहो मोकोएना मुख्य खेलाडीका रूपमा मैदानमा उत्रनेछन् ।

२८ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ को बहुप्रतिक्षित उद्घाटन खेलमा आज घरेलु टोली मेक्सिको र दक्षिण अफ्रिका ऐतिहासिक एस्टेका रंगशालमा आमनेसामने हुँदैछन् ।

८० हजारभन्दा बढी दर्शकको अगाडि घरेलु मैदानको फाइदा उठाउँदै मेक्सिको सुखद सुरुवात गर्ने दाउमा छ भने दक्षिण अफ्रिका विश्वलाई स्तब्ध पार्ने रणनीतिमा छ ।

दुवै टोलीको रणनीतिक सफलता र खेलको नतिजा उथलपुथल पार्न सक्ने मुख्य खेलाडीहरूको विस्तृत विवरण यसप्रकार छ ।

मेक्सिको

राउल जिमेनेज (स्ट्राइकर) : मुख्य प्रशिक्षक हाभियर एगुइरेको टोलीका सबैभन्दा अनुभवी नम्बर ९ जिमेनेज मेक्सिकन आक्रामक पङ्क्तिको नेतृत्व गर्नेछन् । विश्वकपको ठूलो मञ्च र दबाबपूर्ण खेलहरू खेलिसकेका उनीसँग उत्कृष्ट ‘एरियल एबिलिटी’ र ‘क्लिनिकल फिनिसिङ’ क्षमता छ । विपक्षी पेनाल्टी बक्सभित्र उनको उपस्थिति दक्षिण अफ्रिकी डिफेन्डरहरूका लागि टाउको दुखाइ बन्ने निश्चित छ । राष्ट्रिय टोलीसँगै इंग्लिस प्रिमियर लिगमा पनि लामो समय खेलेको अनुभव रहेका जिमेनेज मेक्सिकोका मुख्उ हतियार हुन् ।

अल्भारो फिडाल्गो (प्लेमेकर) : मेक्सिकोको तीन सदस्यीय मिडफिल्डमा फिडाल्गोले खेलको लय नियन्त्रण गर्नेछन् । बललाई आफ्नो नियन्त्रणमा राखेर विपक्षी डिफेन्सको सानो ग्यापमा पनि सटिक पास निकाल्न सक्ने उनको खुबी गज्जबको छ । अग्रपंक्तिका खेलाडीहरूलाई गोल गर्ने अवसर सिर्जना गरिदिने मुख्य जिम्मेवारी उनकै काँधमा हुनेछ ।

एड्सन अल्भारेज (डिफेन्सिभ मिडफिल्डर) : टोलीका कप्तान समेत रहेका अल्भारेज मेक्सिकन टोलीका ‘एंकर’ हुन् । डिफेन्सको ठीक अगाडि बसेर विपक्षीको आक्रमणलाई बीचमै भत्काउन उनी खप्पिस छन् । उनको शारीरिक शक्ति र खेल बुझ्ने क्षमताले मेक्सिकोको डिफेन्सलाई स्थिरता दिन्छ, जसले गर्दा अन्य मिडफिल्डरहरूले ढुक्क भएर आक्रामक खेल खेल्न पाउँछन् ।

दक्षिण अफ्रिका

तेबोहो मोकोना (मिडफिल्डर) : ‘बाफाना बाफाना’ अर्थात् दक्षिण अफ्रिकाको इन्जिन मानिने मोकोएना खेलको मध्यभागमा निकै सक्रिय रहन्छन् । उनीसँग बल खोस्ने बलियो रक्षात्मक कौशल मात्र छैन, डिफेन्सबाट टोलीलाई तुरुन्तै काउन्टर अट्याकमा लैजाने प्राविधिक क्षमता पनि छ । मेक्सिकोको बलियो मिडफिल्डलाई टक्कर दिन उनको प्रदर्शन निर्णायक हुनेछ ।

लाइल फोस्टर (स्ट्राइकर) : इंग्लिस क्लब बर्नलीबाट व्यावसायिक फुटबल खेल्ने फोस्टर दक्षिण अफ्रिकाका प्रमुख आक्रामक हतियार हुन् । भर्खरै जमैका विरुद्धको अन्तिम वार्म-अप खेलमा गोल गरेर उच्च फर्ममा रहेका उनको गति र चलाखीपूर्ण दौडाइले मेक्सिकोको ‘हाई-प्रेसिङ’ डिफेन्सलाई समस्यामा पार्न सक्छ ।

रेलेबोहिल मोफोकेङ (विङ्गर) : यी युवा विङ्गर आफ्नो तीब्र गति र ड्रिब्लिङ क्षमताका लागि चिनिन्छन् । मेक्सिकोका विङ्ग-ब्याकहरू आक्रमणका लागि अघि बढेको समयमा काउन्टर अट्याकमा खाली ठाउँ (स्पेस) को फाइदा उठाउँदै विङ्ग्सबाट मेक्सिकन पोस्टमा खतरा सिर्जना गर्न उनी माहिर छन् ।

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय