News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिगको पहिलो विजेता जनकपुर बोल्ट्सले आगामी संस्करणका लागि मार्की खेलाडी आसिफ शेखलाई रिलिज गरेको छ ।
- जनकपुर बोल्ट्सले कप्तान अनिल साह, मयन यादव, ललित राजवंशी, आदित्य महता र विकास आग्रीसहित पाँच खेलाडीलाई टोलीमा रिटेन गरेको छ ।
- नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि मार्की खेलाडीबाहेक छ जनासम्म खेलाडी रिटेन गर्न पाउने प्रावधान रहेको छ ।
२८ जेठ, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२६ का लागि पहिलो संस्करणको विजेता टोली जनकपुर बोल्ट्सले मार्की खेलाडी आसिफ शेखलाई रिलिज गरेको छ ।
जनकपुरले बिहीबार रिटेन र रिलिज गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको हो । आसिफ रिलिज गर्दा जनकपुरले ५ खेलाडी रिटेन गरेको छ ।
रिटेन गरिएका खेलाडीहरूमा कप्तान अनिल साह, मयन यादव, ललित राजवंशी, आदित्य महता र विकास आग्री छन् ।
जनकपुर बोल्ट्स एनपीएलको पहिलो संस्करणको विजेता हो । पहिलो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुरले उपाधि जितेको थियो ।
दोस्रो संस्करणमा भने जनकपुरले खराब प्रदर्शन गर्दै लिग चरणबाटै बाहिरिएको थियो ।
एनपीएलको दोस्रो सिजनका लागि मार्कीबाहेक ६ खेलाडीसम्म रिटेन गर्न पाउने प्रावधान छ ।
एनपीएलको मिनी अक्सन पनि चाँडै हुने जनाइएको छ ।
प्रतिक्रिया 4