+
+

जुडोमा आर्मी च्याम्पियन, मिक्स टिम इभेन्टमा पनि जित्यो स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते १४:०१
फाइल तस्वीर ।

३ कात्तिक, पोखरा । त्रिभुवन आर्मी क्लबले जुडोको मिक्स टिम इभेन्टमा पनि स्वर्ण पदक जितेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार भएको मिक्स टिम इभेन्टमा एपीएफलाई पराजित गर्दै आर्मीले स्वर्ण पदक जितेको हो ।

एपीएफ रजतमा सिमित भएको छ । वाग्मती प्रदेश र प्रदेश नम्बर १ ले कांस्य पदक जिते ।

मिक्स टिम इभेन्टमा जुरीको निर्णायक अस्वीकार गर्दै लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबले म्याट छाडेका थिए । विवाद समाधान नभएपछि यी दुई टिमले खेल छाडेका छन् । जुडो संघले भने दुवै टिमलाई अयोग्य ठहर गरेको छ ।

मिक्स टिममा स्वर्ण पदक जितेको आर्मी प्रतियोगितामा सर्वाधिक ९ स्वर्ण जित्दै जुडोको च्यम्पियन बनेको छ । कुल १५ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

आर्मीले ९ स्वर्ण, ६ रजत र ३ कांस्य पदक जितेको छ । दोस्रो स्थानमा रहेको नेपाल पुलिसले ६ स्वर्ण, ३ रजत र ८ कांस्य पदक प्राप्त गरेको छ ।

बागमती प्रदेशले २ रजत र ७ कांस्य पदक जित्यो । लुम्बिनी प्रदेशले १ रजत र ३ कास्य जितेको छ । मधेश प्रदेशले १ रजत र २ कास्य जितेको छ । एपीएफले १ रजत, १ कास्य जितेको छ । प्रदेश नम्बर १ ले ३ कांस्य जितेको हो । सुदूरपश्चिम प्रदेशले २ कांस्य पदक जितेको छ भने कर्णाली प्रदेश र एनआरएनएले १-१ कांस्यमा चित्त बुझाएका छन् ।

घरेलु मैदानमा भएको प्रतियोगताको जुडोतर्फ गण्डकी प्रदेशले पदकको खाता खोल्नै सकेनन् । जुडोमा खाता नखोल्ने गण्डकी एक मात्र टिम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?