+
+

जिल्ला प्रशासन कार्यालय गुल्मीले दिन्छ राति ७-८ बजेसम्मै सेवा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते १७:२३

३ कात्तिक, गुल्मी । सामान्यतया कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म हो । त्यही समय भित्र सेवाग्राहीले सेवा पाउने गर्दछन ।

तर जिल्ला प्रशासन कार्यायल गुल्मीले भने कार्यालय समय सकिए पछि समेत सेवा दिने गरेको छ । सेवाग्राहीको चापका कारण रातिसम्मै सेवा दिइरहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा केहि दिन यता राति ७–८ बजेसम्म सेवाग्राहीको लाइन हुने गरेको छ । बुटवलबाट राहदानी बनाउन आएकी मुसिकोट नगरपालिका निवासी सिता घिमिरेले अबेरसम्म बसेर सेवा प्रदान गरेकोमा प्रशासनलाई धन्यवाद दिइन ।

अन्य समयमा दैनिक ३० देखि ५० नयाँ नागरिकता जारी हुने भए पनि अहिले दशै तिहारको बिचमा दैनिक १ सय देखि १ सय ७० सम्म नयाँ नागरिकता जारी हुने गरेको छ । कार्यालयमा कर्मचारीको अभाव भएको कारणले पनि समस्या परेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?