+
+

मधेस प्रदेशमा भोलि पनि सार्वजनिक विदा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १३ गते १६:३०

१३ कात्तिक, वीरगञ्ज । मधेस प्रदेश सरकारले सोमबार पनि सार्वजनिक विदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते सोमबार पनि मधेश प्रदेशमा सार्वजनिक विदा दिएको जानकारी दिएको हो ।

संघीय सरकारले छठको मुख्य दिन अर्थात कात्तिक शुक्ल षष्ठीमा पर्ने ‘सझिया घाटे’को दिन मात्रै सार्वजनिक विदा दिने गरेको छ । तर सप्तमीको दिन बिहान सूर्यलाई अर्घ दिएपछि मात्रै छठपर्व समापन हुन्छ ।

मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी विज्ञप्तीमा लोक आस्थाको महापर्व छठ पर्वको शुभ उपलक्ष्यमा शुभकामना समेत दिइएको छ ।

सामाजिक एकताको झझलको दिने यस महापर्वले भौगोलिक, सामाजिक तथा साँस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी सदभाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाउने विश्वास मुख्यमन्त्री राउतले गरेका छन् ।

हेर्नुहोस् विज्ञप्ति : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?