+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
कविता :

चारआने म

शान्तिदीप रायमाझी शान्तिदीप रायमाझी
२०७९ कात्तिक १६ गते १६:४९

कोलाँपाटाको घरबारी बेचें

माझखर्कको खरबारी बेचें

भीरकुनाको खेत टारी नि बेचें

र,

जोडें काठमाडौंमा

चार आना जग्गा

बैंक धाएँ

सञ्चय कोष सिध्याएँ

नागरिक लगानी कोष नि रित्याएँ

र,

जोडें चार आना जग्गा

साथी गुहारें

ससुराली चहारें

विदेश गएकासँग हात पसारें

दराजका गरगहना बैंकमा सारें

कनिकुथी गरें

र,

जोडें चार आना जग्गा

श्रीमतीजीको घर-सपना पूरा गराउन

घरबेटीको कचकचबाट पार पाउन

साथीसँगी बराबर हैसियत बनाउन

साढु दाइलाई जवाफ फर्काउन

जोडें चार आना जग्गा

दुई चार जनाको सेखी झार्न

केही गरेछु भन्ने पार्न

गाउँतिर यताको प्रगति देखाउन

घरधनी सूचीमा नाम लेखाउन

जोडें चार आना जग्गा

र त

आज

चार दिनको जिन्दगी

चार आना जग्गाको किस्ता तिर्दा तिर्दैमा

बैंक छिर्दा छिर्दैमा

बित्दोछ

यसरी नै

यसैगरी नै ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?