+
+

गण्डकीका मुख्यमन्त्री र अर्थमन्त्रीलाई आयोगको स्पष्टीकरण : तपाईंलाई जरिवाना किन नगर्ने ?’

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १६ गते १८:१७

१६ कात्तिक, पोखरा । निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र अर्थमन्त्री रामजी बराललाई कारबाहीको तयारी गरेको छ ।

निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै पहिलोपटक स्पष्टीकरण सोधेको आयोगले ‘जरिवाना किन नगर्ने’ भनी अर्को स्पष्टीकरण सोधेको हो । उनीहरुमाथि चुनावको मुखमा करको दर हेरफेर गरेको आरोप छ ।

‘यहाँ पहिलो स्पष्टीकरण आएर जवाफ समेत पठाइसकेका थियौं’ मुख्यमन्त्री कार्यालयस्रोतले भन्यो, ‘तपाईंहरुलाई किन जरिवाना र कारवाही नगर्ने भनी अर्को स्पष्टीकरण समेत सोधिएको छ । त्यसको जवाफ पठाउने तयारी छ ।’ १ असारमा ल्याएको बजेटबाट निर्धारण भएको करको दर गण्डकी प्रदेश सरकारले चुनाव घोषणा भइसकेपछि केही घटाएको थियो ।

मुख्यमन्त्री पोखरेलको निर्देशनमा प्रदेश सरकारले सवारी करदेखि घरजग्गा रजिष्ट्रेसनमा बढेको करको दर घटाएर अघिल्लो कायम गरेको थियो ।

सवारी सवारी साधनले विद्यार्थीलाई सहुलियत दिएबापत व्यवसायीले तिर्नुपर्ने सवारी साधन करमा छुट पहिलेकै कायम गर्नेबाहेक अरु प्रस्ताव ल्याउन अर्थमन्त्री बरालले अस्वीकार गरेपछि मुख्यमन्त्री पोखरेल आफैंले ठाडो प्रस्ताव राखेर पारित गराएका थिए ।

अहिले निर्वाचन आयोगले बराललाई समेत स्पष्टीकरण सोधेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?