+
+

अफगानिस्तानमाथि अष्ट्रेलियाको रोमाञ्चक जित, सेमिफाइनल पुग्न इंग्ल्याण्ड-श्रीलंकाको खेल कुर्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १८ गते १७:५५

१८ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकपमा बिहीबार अफगानिस्तानमाथि ४ रनको रोमाञ्चक जित निकाल्दै घरेलु टोली अष्ट्रेलियाले सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ ।

सुपर १२ अन्तर्गत समूह ‘ए’ को जित्नैपर्ने खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई झिनो रन अन्तरले पराजित गरेको हो ।

अष्ट्रेलियाले दिएको १६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले रासिद खानको अविजित ४८ रन मद्दतमा ७ विकेट गुमाएर १६४ रन बनायो । अन्तिम ओभरमा जितका लागि अफगानिस्तानलाई २१ रन आवश्यक थियो । रासिद खानले मार्कुस स्टोनइसलाई एक छक्का र २ चौका प्रहार गर्दा अफगानिस्तानले १७ रन जोडे पनि अष्ट्रेलियामाथि शनसनी जितबाट बन्चित रह्यो ।

रासिदले २३ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा अविजित ४८ रन बनाए । अफगानिस्तानका लागि गुल्बादिन नइबले ३९, रहमानुल्लाह गुर्बाजले ३० र इब्राहिम जद्रानले २६ रन जोडे ।

अष्ट्रेलिया जोस हेजलउड र एडम जाम्पाले २-२ तथा केन रिचर्डसनले १ विकेट लिए ।

अष्ट्रेलियाका नियमित कप्तान आरोन फिन्च र टिम डेभिड चोटका कारण खेलबाट बाहिर हुँदा मिचेल स्टार्कलाई ड्रप गरिएको थियो । उनीहरुको स्थानमा क्यामरुन ग्रीन, स्टिम स्मिथ र केन रिचर्डसन खेलेका थिए ।

समूह ए मा पाँचै खेल खेलेको अष्ट्रेलिया ७ अंक जोडेर दोस्रो स्थानमा छ । ५ खेलबाट ७ अंक नै जोडेको न्युजिल्याण्ड भने सेमिफाइनल प्रवेश गरिसकेको छ ।

अब अष्ट्रेलिया र इंग्ल्याण्डमध्ये एक टिम सेमिफाइनल पुग्नेछ । अष्ट्रेलियाले सेमिफाइनल पुग्न इंग्ल्याण्ड र श्रीलंकाबीच शनिवार हुने खेल कुर्नुपर्नेछ । अष्ट्रेलियाको सेमिफाइनल पुग्ने आश अब श्रीलंकामाथि छ । यदी श्रीलंका इंग्ल्याण्डसँग पराजित भए घरेलु टोली अष्ट्रेलिया सुपर-१२ बाटै बाहिरिनेछ ।

५ खेलबाट २ अंक मात्र जोडेर अफगानिस्तान भने समूहको पूछारमा रहँदै यसअघि नै बाहिरिसकेको छ ।

एडेलेइड ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ग्लेन म्याक्सवेलको अर्धशतक मद्दतमा ८ विकेट गुमाएर १६८ रन बनाएको थियो । म्याक्सवेलले ३२ बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा अविजित ५४ रन बनाए । मिचेल मार्शले ३० बलमा ४५ रन जोडे । डेभिड वार्नर र मार्कुस स्टोइनिसले समान २५ रन बनाए ।

अफगानिस्तानका नभिन उल हकले ३, फाजालहक फारुकीले २ तथा मुजिउर रहमान र मोहमम्द नावीले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?