+
+

डेलिभरीका लागि अस्पताल भर्ना भइन् आलिया भट्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते १२:५७

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट चाँडै गुडन्युज सुनाउँदैछिन् । अब यो खुसीको खबर जुनसुकै बेला आउन सक्छ ।

किनभने आलिया मुम्बईको एचएन रिलायन्स अस्पतालमा भर्ना भएकी छन् । पापाराजी र फ्यानले रणवीर र आलिया अस्पतालमा पुगेको भिडियो र तस्वीर सेयर गरेका छन् ।

पिंकभिल्लाले डेलिभरीको लागि आलिया अस्पतालमा भर्ना भएको पुष्टि गरेको छ । पाँच वर्ष रिलेसनसिपमा बसेपछि यस वर्षको वैशाख महिनामा रणवीर र आलियाको विवाह भएको थियो ।

आलिया अस्पताल भर्ना भएपछि अहिले उनका परिवार र आफन्त त्यहाँ पुगिरहेका छन् । आलिया अस्पताल पुगेपछि उनका बुवाले तस्वीर सेयर गर्दै खुसी व्यक्त गरेका छन् ।

‘नयाँ सूर्योदयको पर्खाइमा छु । जीवनको ताजा र नयाँ चम्किलो शीतको थोपा’ महेश भट्टले भनेका छन् । यसअघि आलियाले आफू अस्पतालमा रहेको तस्वीर सेयर गर्दै आफूहरुको बच्चा चाँडै आउन लागेको उल्लेख गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?