+
+

ब्याजदरविरुद्ध धनकुटमा पनि उद्योगी व्यवसायीको प्रदर्शन 

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते १५:३८

२३ कात्तिक, धनकुटा । बैंकको चर्को ब्याजदर विरुद्धमा उद्योग वाणिज्य संघ धनकुटाले बुधबार प्रदर्शन गरेको छ । बैंक व्यवसायीको सहारा भएपनि पछिल्लो समय चर्को ब्याजका कारण समस्यामा पारेको भन्दै प्रदर्शन गरिएको उद्योग वाणिज्य संघ धनकुटाका उपाध्यक्ष खगेन्द्र विष्टले जानकारी दिए ।

धनकुटाको भीमनारायण चोकबाट सुरु भएको विरोध र्‍याली भीमसेन थान, परिचय मोड, हुलाक टोल हुँदै मदन चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

चालु पूँजी निर्देशिका स्थगित गर, बैंक हामीलाई प्यारो छ ब्याज वृद्धिले गाह्रो छ, उद्योगीहरुलाई ब्याजदरले आतंकित पारेर देशको विकास हुँदैन, गरिखाने मर्दैछ सरकारको राजस्व घट्दै छ, ब्याजदरमा स्थिरता देऊ, बैंकिङ आतंक बन्द गर उल्लेखित प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका थिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?