प्रथम संयोजक ब्रेन गेन सेन्टर नेपाल
भ्रष्टहरु पनि आउनेछन्
ओठ कपाउनेछन्
खुट्टा समाउनेछन्
अनि तपाईं-हामीलाई मूर्ख बनाउनेछन्
भ्रष्टहरुलाई चाहिएको हामी होइन
हाम्रो भोट हो
भोटले लगाइदिने कोट हो
अनि त्यही कोटले कमाउने नोट हो
उनीहरु पनि सदाचार फलाक्नेछन्
वर्षौं वर्ष देश लुट्नेहरु
लुट्नलाई सधैं जुट्नेहरु
अनि स्वार्थ नमिल्दा फुट्नेहरु
गफ दिनेछन् नीति, योजना र सपनाका
प्रश्न गरौं ती विकासबारे सपनामै जुन हराए
सोधौं त कमिसनको घाँसमा कति भेडा चराए
अन्धकारमै बाँच्नुपर्छ है प्रश्न गर्न डराए
विवेकलाइ बन्धकी राखेमा, चेतनाको लिलाम गरेमा
भ्रष्टहरुलाई पटक-पटक ढोग्नुपर्नेछ
नालायकहरुको बोझ सधैंभर बोक्नुपर्नेछ
आफ्नै भोटको चोट पलपल भोग्नुपर्नेछ
नागरिक शक्तिको प्रयोग गर्ने समय
पहिचान गरौं भोलिवादको दीर्घसंक्रमणबाट ग्रस्तहरुको
हिसाब गरौं अकर्मण्य नालायक र भ्रष्टहरुको
भरोसा गरौं केवल सक्षम, कर्मठ र उद्देश्यमा प्रष्टहरुको
निर्लज्जहरु पलपलमा बदल्छन है भेष
भ्रमको प्रतिस्पर्धा, अनि दिशाहीनताको रेस
हामीलाई गोटी बनाई खेल्न खोज्छन् चेस
जनताका सच्चा नायकहरुले मात्र हाँक्नुपर्छ है देश
हो, भ्रष्टहरु पनि आउनेछन्
ओठ कमाउनेछन्
खुट्टा समाउनेछन्
अनि तपाईं-हामीलाई मूर्ख बनाउनेछन् ।।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4