+
+

र्‍यापर लाउरे र हायात लिम्बूबीच प्रेम चर्चा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २८ गते १२:५८

काठमाडौं । लाउरे नामले युवापुस्तामाझ चर्चित र्‍यापर तथा अभिनेता आशिष राना विभिन्न कारणले मिडिया हेडलाइन बनिरहन्छन् ।

लागुऔषध मुद्दामा हिरासतमुक्त भएपछि उनी यतिबेला सांगीतिक टुर र जनचेतनमूलक कार्यमा सक्रिय छन् । उनको अन्तर्राष्ट्रिय टुर पनि चलिरहेकै छ र गीत पनि रिलिज गरिरहेका छन् ।

रिलेसनसिप स्टाटसको कुरा गर्दा लाउरे सिंगल हुन् भन्ने कुरा कमैलाई थाहा छ । यतिबेला अफेयरको हल्लाले लाउरे चर्चामा छन् । सामाजिक सञ्जालमा उनको प्रेम सम्बन्धको कुराले चर्चा पाएको छ ।

टिकटकमा हायात लिम्बू नामकी युवती र लाउरेको रोमान्टिक भिडियो भाइरल बनेको छ । हायात र लाउरेले रोमान्टिक टिकटक बनाउँदै आफूहरुले मायामा रहेको सन्देश दिन खोजेका छन् ।

लाउरेसँगको रोमान्टिक भिडियो बनाउँदै हायातले क्याप्सनमा लभ रियाक्ट गर्दै लाउरेलाई मेन्सन पनि गरेकी छन् । कमेन्टमा धेरैले यो जोडीलाई शुभकामना तथा बधाई पनि दिइरहेका छन् ।

तर लाउरेले रिलेसनसिपबारे औपचारिक जानकारी बाहिर ल्याइसकेका छैनन् । तर केही महिनाअघि अनलाइनखबरसँग कुरा गर्दै उनले आफू सिंगल रहेको र योग्य प्रेमिकाको खोजीमा रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?