+

फ्रान्सका एनकुन्नुकु चोटका कारण विश्वकपबाट बाहिरिए

२०७९ कात्तिक  ३० गते ८:०३ २०७९ कात्तिक ३० गते ८:०३
फ्रान्सका एनकुन्नुकु चोटका कारण विश्वकपबाट बाहिरिए

३० कात्तिक, काठमाडौं । फ्रान्सेली फरवार्ड क्रिस्टोफर एनकुन्कुले चोटका कारण कतारमा हुने फिफा विश्वकप गुमाउने भएका छन् ।

प्रशिक्षणका क्रममा खुट्टामा चोट लागेपछि उनले अन्तिम समयमा आएर विश्वकप गुमाउने भएका हुन् ।

‘प्रशिक्षणमा घाइते क्रिस्टोफर एनकुन्कुले विश्वकप गुमाउनु परेको छ । सम्पूर्ण टिमले क्रिस्टोफरको दु:खलाई अनुभव गर्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।’ फ्रान्स फुटबल फेडेरेसनले भनेको छ ।

आरबी लाइपजिगका फरवार्ड वर्षीय एनकुन्कुले बुण्डेसलिगामा १५ खेलमा १२ गोल गरेका थिए ।

घाइते खेलाडीहरुको सूची थपिँदा फिफा विश्वकपको साविक विजेता फ्रान्सको उपाधि रक्षा अभियानमा झड्का लागेको छ ।

यसअघि नै मिडफिल्डरद्वय पउल पोग्बा र एनगोलो कान्टेले चोटका कारण विश्वकप गुमाइसकेका छन् । यस्तै विश्वकप खेल्ने टिममा परेका प्रेसनेल किम्पेम्बेले पनि चोटकै कारण नाम फिर्ता लिएका थिए ।

फ्रान्सले एनकुन्कुको रिप्लेसमेन्ट खेलाडी घोषणा गरेको छैन ।

समूह डी मा रहेको फ्रान्सले नोभेम्बर २२ मा अष्ट्रेलियासँग खेल्दै विश्वकपको उपाधि रक्षा अभियान सुरु गर्नेछ ।

एन्कुन्कु फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय