+
+

पर्वतको प्रदेश सभा १ मा नयाँ अनुहारबीचको प्रतिस्पर्धा

राजन पौडेल राजन पौडेल
२०७९ मंसिर १ गते १२:१२

१ मंसिर, पर्वत । पर्वतको प्रदेश सभा १ मा नयाँ अनुहार तीव्र प्रतिस्पर्धामा छन् ।

९ जना उम्मेदवार रहेको यो क्षेत्रमा नेकपा एमालेबाट भक्त कुँवर र सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादीका सुदीप कुँवरबीच तीव्र प्रतिस्पर्धा छ । उनीहरु दुवै पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

एमालेका कुँवर कम्युनिष्ट पार्टीमा तीन दशकदेखि आवद्ध छन् । माओवादीका कुँवर जनयुद्धको मैदानबाट विद्यार्थी राजनीति हुँदै पार्टीको राजनीतिमा सक्रिय बनेका हुन । नेकपाकालमा सुदीप जिल्ला सचिव थिए भने भक्त पार्टीको कार्यालय सदस्य थिए ।

अहिले यी दुवै कुँवर आफ्नो जितको दाबीसहित मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

एमालेका नेताहरुको पहलमा जिल्लामा निर्माण भएका पूर्वाधार नै आफ्नो जितको आधार रहेको भक्त बताउँछन् ।

उनी द्वन्द्वको समयमा माओवादीका नाममा गाउँमा भएको अत्याचारविरुद्ध आफूले खेलेको भूमिकालाई मतदाताले नभुलेको उनी बताउँछन् ।

माओवादी उम्मेदवार सुदीपले शिक्षा, स्वास्थ्यको क्षेत्रमा नयाँ मोडलको विकास गर्ने उद्देश्यले आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको बताए । पर्वतको प्रतिष्ठा जोगाउनका लागि र नागरिकलाई परिवर्तनको अनुभूति गराउने सक्ने एजेण्डा आफूसित रहेको भन्दै उनी यिनै एजेण्डाका आधारमा चुनाव जित्ने बताउँछन् ।

प्रदेश सभा २ मा दुवैको जित्ने दाबी

प्रदेश सभा २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका ऋषिकेश तिवारी र एमालेका मित्रलाल बस्यालबीच प्रतिस्पर्धा छ । र दुवै उम्मेदवार जितको दाबीमा छन् ।

इमान्दारिताको राजनीतिले नै समाज परिवर्तन गराउने सकिन्छ भन्ने बस्याल लामो समयदेखि सामाजिक क्षेत्रमा गरेको काम नै जितको आधार भएको बताउँछन् । भन्छन्, ‘अहिलेसम्मको लामो राजनीतिक यात्रामा कुनै दलको नभनी सबैलाई सहयोग गर्दै आएको छु ।’

बस्याल भने संसदीय राजनीतिमा नयाँ अनुहार हुन् । यसअघि बस्यालले गाउँ विकास समितिको अध्यक्षको भूमिका भने निर्वाह गरिसकेका छन् ।

तिवारीले २०६४ सालको पुर्नस्थापित संसदमा पार्टीबाट मनोनित भएर सांसदको भूमिका निर्वाह गर्ने अवसर पाएका थिए । तिवारी आफ्नो पक्षमा युवा मतदाता रहेको बताउँदै उनीहरुले जितको आधार भएको बताउँछन् । भन्छन्, ‘जनताको माया, प्रेम र स्नेह मप्रति बढी छ, लामो र निष्ठावान राजनीतिको यात्रा नै मेरो जित्ने आधार हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?