+
+

१३ वर्षको उमेरमा भारतमा बेचिएकी नातिसरालाई कमला भासिन अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ११ गते १६:३७

११ मंसिर, काठमाडौं । शक्ति मिलन समाजकी सह-संस्थापक नातिसरा राईलाई भारतको प्रसिद्ध कमला भासिन अवार्ड प्रदान गरिएको छ ।

१३ वर्षको उमेरमा भारतमा बेचिएकी राईले शनिबार उक्त पुरस्कार प्राप्त गरेकी हुन् । २६ वर्षपछि भारत फर्किएकी उनलाई उक्त पुरस्कारले सम्मान गरिएको हो ।

राई सहसंस्थापक रहेको संस्थाले एचआइभी संक्रमित महिलाहरुको स्वास्थ्य, शिक्षा, जिविकोपार्जन लगायतमा सहयोग पुर्‍याउँदै आएको छ ।

कमला भासिनको सम्झनामा स्थापित उक्त पुरस्कार लैगिंक समानताका लागि काम गरिरहेकाहरुका लागि प्रदान गरिन्छ । उक्त पुस्कार आजाद फाउण्डेसनले प्रदान गर्दै आइरहेको छ ।

महिला अधिकारका क्षेत्रमा काम गर्नेका लागि उक्त पुरस्कार नेपाल, भारत, श्रीलंका, पाकिस्तान, माल्दिभ्स, बंगलादेश, भुटान र अफगानिस्तानका नागरिकलाई प्रदान गरिन्छ । अवार्डको राशी एक लाख भारतीय रुपैयाँ रहेको छ ।

भासिनले महिलाका अधिकारका पक्षमा काम गर्दै आएकी थिइन् । कमला भासिन लेखिका समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?