+
+

दोलखाका विवादित १० वटा मतदान केन्द्रमा फेरि चुनाव हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ११ गते १७:३९

११ मंसिर, काठमाडौं । दोलखाका विवादित १० वटा  मतदान केन्द्रमा फेरि चुनाव हुने भएको छ ।

४ मंसिरमा भएको मतदानमा बुथ क्याप्चर भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले उजुरी गरेका थिए ।

त्यसपछि निर्वाचन आयोगले एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो । त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले फेरि मतदान गर्न लागेको श्रोतले बताएको छ ।

बैत्यश्वरको वडा नं. ६ (क,ख,ग),  वैत्यश्वरको ३ कालिढुङ्गा (क,ख,ग), बैत्यश्वर २ को जनज्योति( क,ख) र तामाकोसीको जामुने हेल्थपोस्ट (क,ख) केन्द्रमा पुन चुनाव हुने आयोगले निर्णय गरेको थियो ।

दोलखामा सिवाकोटीसँगै नेकपा माओवादी केन्द्रका गंगा कार्कीसहितका २१ जना चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?