+
+

गुल्मीमा ७ हजारभन्दा बढी मत बदर

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १२ गते १२:३१

१२ मंसिर, गुल्मी । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गुल्मी जिल्लामा ७ हजारभन्दा बढी मत बदर भएको छ ।

दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फ ७ हजार ६१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जानकारी दिएको हो ।

क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ १८२५ र प्रदेश सभातर्फ १६५९ मत बदर भएको छ । त्यस्तै क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ १८९३ र प्रदेश सभातर्फ १६८४ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले बताए ।

जिल्लामा २ लाख २३ हजार ६१५ मतदाता मध्ये १ लाख २८ हजार ९७५ जनाले मतदान गरेका थिए ।

दलहरु गठबन्धन गरेर जानु र गाउँगाउँमा मतदाता शिक्षा नपुग्नुले जिल्लामा धेरै संख्यामा मत बदर भएको अनुमान छ । जिल्लामा स्वास्थ्य स्वयंसेविकाबाट मतदाता शिक्षा दिइए पनि प्रभावकारी नभएको गुनासो छ ।

यसपटकको निर्वाचनमा मतदान केन्द्रमा खटिएका मतदान अधिकृतले नै प्रतिनिधि सभाको मतपत्र दिने ठाउँमा प्रदेश सभाको मतपत्र दिने जस्ता त्रुटीले मतदानमा समस्या उत्पन्न समेत भएको थियो । एउटा केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था सृजना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?