+

मूला पाचन प्रणालीका लागि रामवाण नै हो ?

२०७९ मंसिर  १३ गते १३:१७ २०७९ मंसिर १३ गते १३:१७
मूला पाचन प्रणालीका लागि रामवाण नै हो ?

‘ह्या मूला’ । कसैलाई हियाएर बोलाउनु परेमा हामी यसै भन्छौं । तर हाम्रो खाद्य भण्डारमा मूलाको विशिष्ट स्थान छ । पोषणविद्हरु भन्छन्, पाचन प्रणालीका लागि मूला रामवाण नै हो । त्यससँगै मूलाका अरु थुप्रै विशेषता छन् । जस्तो यसलाई काँचै खान सकिन्छ, पकाएर खान सकिन्छ, भण्डारण गरेर राख्न सकिन्छ ।

तपाईंले सलादको रुपमा मूला खान सक्नुहुन्छ । यसलाई तरकारी बनाएर खाए पनि गज्जब हुन्छ । मासु वा आलुमा मिसाउँदा उत्तिकै स्वादिलो हुन्छ । सिलौटोमा कुच्याएर सिलाम वा तिलको छोपसँग ताजा अचार बनाउँदा भयो । तेल, खुर्सानी मिसाएर बोत्तलमा राख्न सकियो । सिन्की बनाएर वर्षभर स्वाद फेर्न सकियो ।

पेट सफा राख्ने, कब्जियत हटाउने

मूलाको खास विशेषता भनेको यसले पेटलाई सफा राख्ने हो । सलादको रुपमा तपाईं नियमित मूला खानुहुन्छ भने तपाईंले आफ्नो पेट हल्का अनुभव गर्नुहुनेछ । त्यसैगरी नियमित मूला खाँदा पायल्स जस्ता मलद्वारसम्बन्धी समस्या पनि नहुने चिकित्सकहरुको भनाइ छ ।

मूला सजिलै पच्ने खानेकुरामा पर्छ । यसमा प्रशस्त मात्रामा फाइबर हुने भएकाले यसले खानेकुरा सजिलै पचाउँछ । यसको सेवनले पाचन प्रक्रियालाई राम्रो बनाएर कब्जियत र पायल्सको समस्या पनि कम गर्छ । मूलामा प्रशस्त मात्रामा पानी हुने भएकाले यसको सेवनले शरीरमा पानीको आपूर्ति पूरा गर्छ ।

के पाइन्छ मूलामा ?

मूलाको मुख्य विशेषता भनेको यसमा भएको फाइबर, खनिज र भिटामिन हो । यसमा फोलिक एसिड तथा एन्थोस्यानिन्स प्रशस्त मात्रामा पाइन्छ जसले शरीरलाई राम्रोसँग काम गर्नमा मद्दत गर्नुका साथै अन्य थुप्रै फाइदा पुर्‍याउँछ ।

मूलाको दैनिक सेवनले वजन घटाउने, मांसपेशी मजबुत बनाउने, कलेजो स्वस्थ राख्ने र रोग प्रतिरोधी क्षमता पनि बढाउँछ ।

पेटदेखि छालासम्मलाई फाइदा

पाचन प्रणालीसम्बन्धी समस्यामा मूला एकदमै उपयोगी हुन्छ । साथै मधुमेहको समस्यामा मूला उपयोगी हुन्छ । मूलामा हुने फाइबरले रगतमा सुगरको मात्रा कम गर्ने काम पनि  गर्छ । यसको दैनिक सेवनले मधुमेहलाई नियन्त्रण गर्न सहयोग गर्छ ।

रातो मूलामा ‘कक्रोटिनोयड’ भन्ने तत्त्व पाइन्छ, यसमा भिटामिन सी पनि पाइन्छ । जसले  छालालाई नरम बनाइराख्न सहयोग गर्छ । मूलामा विभिन्न खनिज पदार्थ हुन्छन्, जसले हाम्रो शरीरलाई दैनिक रूपमा आवश्यक पर्ने खनिज पदार्थ पनि पूर्ति गर्छ ।

मूलालाई कस्तो रुपमा खान सकिन्छ ?

मूलाको मुख्य सिजन भएको अहिलेको जाडो सिजन हो । चिसो मौसममा अन्य सिजनभन्दा धेरै मात्रामा पाइने भए पनि आजभोलि प्रायः हरेक सिजनमा मूला पाइन्छ ।

मूलालाई मुख्यगरी सलाद, अचार र तरकारीको रूपमा खान सकिन्छ । यसलाई विभिन्न तरकारीमा मिसाएर पनि खान सकिन्छ ।

मूला काँचै खानु राम्रो हुन्छ । काँचै सलादको रूपमा खाँदा यसमा भएको प्राकृतिक गुण नष्ट हुँदैन । पकाएर खाँदा यसमा भएको फाइबरको मात्रा घट्छ । सिसीमा खाँदेर राखेको मूलाको अचार भन्दा तुरुन्त बनाएको अचार बढी लाभदायी हुन्छ ।

कस्तो स्थितिमा मूला खान हुँदैन ?

पेटमा ग्यास भरिने समस्या छ भने मूला नखानु उचित हुन्छ । मूलाको सिसीमा खाँदेर बनाइएको अचार ग्यास्ट्रिकको समस्या र पायल्सका बिरामीले खानु उचित हुँदैन । त्यस बाहेक अन्य सबै समस्यामा मूला खान मिल्छ । प्रायः सबै खानेकुरा कुनै न कुनै स्वास्थ्य समस्यामा खान मिल्दैन । तर मूला प्रायः बार्नु पर्दैन ।

(पोषणविद् न्यौपानेसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

पाचन प्रणाली मूला
लेखक
अशेष न्यौपाने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

भावनात्मक बुद्धिमत्ता : व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधार

भावनात्मक बुद्धिमत्ता : व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधार

पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा

पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा

‘किमोथेरापी’ राक्षसजस्तै हो भन्ने सोच हाम्रो समाजमा छ, त्यो भ्रम रहेछ

‘किमोथेरापी’ राक्षसजस्तै हो भन्ने सोच हाम्रो समाजमा छ, त्यो भ्रम रहेछ

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?

एक महिनासम्म नियमित ओखर खाँदा के-के फाइदा हुन्छ ?

एक महिनासम्म नियमित ओखर खाँदा के-के फाइदा हुन्छ ?