+
+

हेराल्ड कलेजका ३९६ जना विद्यार्थी दीक्षित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते १८:२३

काठमाडौं । काठमाडौंमा रहेको हेराल्ड कलेजले दीक्षान्त समारोह आयोजना गरेको छ । समारोहमा स्नातक तह उत्तीर्ण गरेका ३९६ जना विद्यार्थीलाई दीक्षित गरिएको कलेजले जनाएको छ । दीक्षित हुनेमा बीएस्सी (अनर्स) कम्प्युटर साइन्सका ३६१ जना र बीएस्सी (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्टका ३५ जना विद्यार्थी विषयका रहेका छन् ।

बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सह उपकुलपति (प्रो. भाइस चान्सलर) टिम स्टिलले दीक्षित विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा विद्यार्थीका अभिभावक, शिक्षक लगायतको उपस्थिति रहेको थियो । कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई इनोभेट नेपाल ग्रुपले छात्रवृत्ति उपलब्ध गराएको छ ।

दीक्षान्त समारोहमा बोल्दै कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश श्रेष्ठले नेपालमा उत्कृष्ट र गुणस्तरीय शिक्षा प्रदान गर्न सफल हेराल्ड कलेज काठमाडौंले यस कलेजमा अध्ययन गर्ने विद्यार्थीले भविष्यमा सजिलै रोजगारी हासिल गर्न सक्ने बताए । उ

कार्यक्रममा स्टिलले नेपालमा उत्कृष्ट शिक्षा लिन सफल हेराल्ड कलेज काठमाडौंका सम्पूर्ण टिमलाई धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?