+
+

चोलेन्द्रका सम्बन्धमा लिखित जवाफ तयार पार्दै संसदका महासचिव

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २५ गते १२:२५

२५ मंसिर, काठमाडौं । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतम निलम्बित प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्र लेखेको सम्बन्धमा लिखित जवाफ तयार पार्दैछन् ।

शुक्रबार सर्वोच्च अदालतले के कति कारणले महाअभियोग निष्प्रभावी भएको पत्र लेखिएको हो भन्नेबारे जवाफ दिन संघीय संसदका महासचिवको नाममा समेत आदेश जारी गरेको छ । त्यस अनुसार महासचिव गौतम लिखित जवाफको तयारीमा जुटेका हुन् ।

‘शुक्रबार सर्वोच्चको आदेश भएको छ । आइतबार (आज) आदेशका सम्बन्धमा छलफल हुन्छ,’ संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने ।

शुक्रबार कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले महासचिव गौतमको पत्र कार्यान्वयन नगर्नु भनी आदेश दिएको हो ।

साथसाथै, संवैधानिक इजलासले के कति कारणले पत्र लेखिएको हो भन्नेबारे जवाफ दिनसंघीय संसदका महासचिवको नाममा आदेश जारी गरेको थियो ।

महासचिव गौतमले जबराको निलम्बन फुकुवा भएको पत्र गत बुधबार दिएका थिए । लगत्तै बसेको सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठकले पत्रमा केही प्रष्ट हुनुपर्ने भन्दै महासचिवलाई पत्र पनि लेखेको थियो । उक्त पत्रको समेत जवाफ महासचिव गौत्तमले पठाएका छैनन् । अब एकमुष्ट जवाफ पठाउने तयारी रहेको संसदका अधिकारीहरु बताउँछन् ।

प्रष्ट हुनुपर्ने भन्दै सर्वोच्चले महासचिवसित नवनिर्वाचित प्रतिनिधि सभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानुनी व्यवस्थाको आधारमा महाअभियोग निष्प्रभावी भएको भनेको सोधेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?