+
+

शिवम् सिमेन्टले १०.५३ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २९ गते ११:३०

२९ मंसिर, काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । २८ मंसिर बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी ४ अर्ब ४० करोडको १०.५३ प्रतिशतले हुन आउने ४६ करोड ३३ लाख २० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले प्रस्तावित लाभांश पारित गर्ने २९ पुसमा सातौं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि २० पुसमा सेयर दाखिला खारेज (बुक क्लोज) बन्द गर्ने जनाएको छ । यसअनुसार कम्पनीको प्रस्तावित लाभांश साधारणसभाबाट पारित भएपछि सेयरधनी वितरण हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?