+

उच्च रक्तचाप जाँच्ने उपकरण कसरी प्रयोग गर्ने ?

२०७९ पुष  ४ गते १४:०० २०७९ पुष ४ गते १४:००
उच्च रक्तचाप जाँच्ने उपकरण कसरी प्रयोग गर्ने ?

काठमाडौं । रक्तचाप सन्तुलित हुनुपर्छ तर विभिन्न कारणले यसमा उतारचढाव आइरहेको हुन्छ । रक्तचाप घटबढ हुनु स्वास्थ्यको लागि राम्रो होइन । त्यसैले समय–समयमा आफ्नो रक्तचापको स्थिति के छ भनेर जाँच गर्नुपर्छ, खासगरी वयस्क उमेरपछि ।

अहिले धेरैजसो व्यक्तिलाई उच्च रक्तचापले सताइरहेको बेला यसको जाँच गर्नु अरु जरुरी भएको छ । रक्तचाप जाँच्नका लागि अहिले क्लिनिक वा अस्पताल नै धाउनुपर्छ भन्ने छैन । रक्तचाप जाँच्ने उपकरण घरमै राखेर प्रयोग गर्न सकिन्छ ।

नेपाली बजारमा अहिले डिजिटल र एनालग गरेर मुख्य दुई प्रकारका ब्लड प्रेसर नाप्ने उपकरण स्फिग्मोम्यानोमिटर पाइन्छ ।

कति पर्छ मूल्य ?

डिजिटल ब्लड प्रेसर नाप्ने मेसिनको मूल्य दुई हजारदेखि चार हजार रुपैयाँ पर्छ । त्यस्तै एनालगको १५ सयदेखि २५ सय रुपैयाँसम्म पर्ने अनलाइन फार्मेसी नेपमेडका राजन भट्टराई बताउँछन् ।

कसरी प्रयोग गर्ने ?

डिजिटल मेसिन प्रयोग गर्न एकदमै सजिलो छ । पाखुरामा ब्याण्डलाई बाँध्ने र मेसिनलाई अन गर्ने बित्तिकै ब्लड प्रेसरको लेबल डिजिटल मेसिनले देखाइहाल्छ । घरमै यसलाई जो कोहीले सजिलै प्रयोग गर्न सक्ने भट्टराई बताउँछन् ।

‘मेडिकल ज्ञान भएको तथा स्टेथिस्कोपले मुटुको चाल राम्ररी नाप्न सक्ने व्यक्ति घरमा छन् भने एनालग प्रयोग गर्न पनि सजिलो हुन्छ । पाखुरामा ब्याण्ड बाँधेर स्टेथिस्कोपले मुटुको धड्कन नापेर हेर्नुपर्ने हुन्छ । त्यसैले अनुभवी व्यक्तिले यसको प्रयोग गर्नु उपयुक्त हुन्छ,’ उनी भन्छन् ।

डिजिटल राम्रो कि एनालग ?

डिजिटल र एनालग दुवैको आ–आफ्नो विशेषता छ । डिजिटल मेसिन प्रयोग गर्न एकदमै सजिलो हुन्छ । घरमा सजिलै सबैले यसको प्रयोग गर्न सक्छन् । तर एनालग प्रयोग गर्न भने अनुभवी व्यक्ति हुनुपर्छ । तर एनालग मेसिनमा डिजिटलको तुलनामा नतिजा अझै सही आउने भट्टराई बताउँछन् । डिजिटलमा केही प्रतिशत तलमाथि हुनसक्छ । त्यसैले तुलनात्मक रूपमा डिजिटल भन्दा एनालग नै राम्रो हुने मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई बताउँछन् ।

कस्तो अवस्थामा प्रेसर नाप्ने ?

टाउको दुखिरह्यो, रिंगटा लाग्यो भने प्रेसर नाप्नुपर्छ । प्रेसरको औषधि सेवन गरिरहेका व्यक्तिले पनि समय–समयमा प्रेसर नाप्नुपर्ने हुन्छ । ‘३५ वर्षभन्दा माथिका व्यक्ति र परिवारमा कसैलाई प्रेसरको समस्या छ भने बेलाबेला प्रेसर नाप्नुपर्छ,’ भट्टराई भन्छन् ।

कसरी नाप्ने प्रेसर ?

कुनै शरीर काम गरेर,  हिंडेर दौडेर आउने बित्तिकै प्रेसर नाप्नु हुँदैन । १० मिनेट रेस्ट गरेर मात्र नाप्नुपर्छ त्यसो गर्दा नतिजा सही आउँछ । धेरै चिन्ता तनाव भएको बेला प्रेसर नाप्दा पनि सही नतिजा आउँदैन । त्यसैले चिन्तामुक्त भएको बेला नाप्नुपर्ने डा. भट्टराई सुझाउँछन्  ।

प्रेसर उठेर नाप्नु हुँदैन बसेर वा सुतेर मात्रै नाप्नुपर्छ । खाना खाने बित्तिकै पनि प्रेसर नाप्नु हुँदैन खाना खाएको दुई घण्टापछि नाप्नु राम्रो हुन्छ । बिहान उठ्ने बित्तिकै प्रेसर नाप्दा पनि सही नतिजा नआउन सक्छ । त्यसैले दिउँसो वा साँझ नाप्नु उपयुक्त हुने भट्टराई बताउँछन् ।

प्रेसरको औषधि सेवन गरिरहेका व्यक्तिहरूले हप्तामा कम्तीमा दुई पटक प्रेसर जाँच गर्नुपर्छ । प्रेसरको समस्या नभएका व्यक्तिले पनि महिनामा कम्तीमा एकपटक प्रेसर नाप्नु राम्रो हुने भट्टराई बताउँछन् ।

उच्च रक्तचाप
लेखक
सुमित्रा लुइटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सरकारी मेडिकल कलेजमा डाक्टर पढ्न युवकले काटे आफ्नै खुट्टा

सरकारी मेडिकल कलेजमा डाक्टर पढ्न युवकले काटे आफ्नै खुट्टा

दिसा रोक्ने बानी कति खतरनाक ? डाक्टरलाई ६ प्रश्न र त्यसको जवाफ

दिसा रोक्ने बानी कति खतरनाक ? डाक्टरलाई ६ प्रश्न र त्यसको जवाफ

हृदयघात जस्तै एक्कासी मृत्यु गराउन सक्ने ‘एरिथमिया’ रोग के हो ?

हृदयघात जस्तै एक्कासी मृत्यु गराउन सक्ने ‘एरिथमिया’ रोग के हो ?

समग्र स्वास्थ्यको आधार, मुख स्वास्थ्य

समग्र स्वास्थ्यको आधार, मुख स्वास्थ्य

राजनीतिमा डाक्टरको संलग्नता : कति सही कति गलत ?

राजनीतिमा डाक्टरको संलग्नता : कति सही कति गलत ?

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.अनुप बास्तोला

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.अनुप बास्तोला