+

सबै महिलाले गर्नैपर्छ प्याप स्मीयर परीक्षण ?

२०७९ पुष  १२ गते ७:०० २०७९ पुष १२ गते ७:००
सबै महिलाले गर्नैपर्छ प्याप स्मीयर परीक्षण ?

महिलाहरुमा पाठेघरको मुखको क्यान्सर हुने जोखिम अधिक हुन्छ । यही रोगले आज थुप्रै महिला सताइएका छन् । तर यसको जोखिम स्थिति सुरुमै पहिल्याउन सकियो भने पाठेघरको मुखको क्यान्सर हुने सम्भावनालाई टार्न सकिन्छ ।

यसको एउटा सजिलो, छरितो र प्रभावकारी परीक्षण विधि हो, प्याप स्मीयर । अति सामान्य रुपमा गरिने यस परीक्षणले महिलालाई सम्भावित जोखिमबाट मुक्त गराउँछ ।

प्याप स्मीयर के हो ?

प्याम स्मीयर भनेको महिलाहरुको पाठेघरको मुखबाट कोष निकालेर क्यान्सर छ वा छैन भनेर परीक्षण गर्ने प्रक्रिया हो । यसलाई प्याप टेस्ट पनि भनिन्छ । महिलाहरुको मृत्युको प्रमुख कारण पाठेघरको मुखको क्यान्सर हो । सही समयमा प्याप स्मीयर गराएमा पाठेघरको मुखको क्यान्सर भएमा छिट्टै पत्ता लगाएर उपचार प्रक्रियामा जान सहज हुन्छ ।

यो परीक्षणले सम्भावित जोखिमबाट बचाउँछ ?

प्याप स्मीयर गर्ने दुईवटा उद्देश्य छन् । क्यान्सर हुन सक्ने सम्भावना छ वा छैन भनेर  परीक्षण गरिन्छ भने अर्को पाठेघरमा क्यान्सर छ वा छैन भनेर पनि परीक्षण गरिन्छ । प्याप स्मीयर मद्दतले क्यान्सर भएको कोषिकाहरू पत्ता लगाउन सजिलो हुन्छ जुन पछि क्यान्सर हुन सक्छ । यदि परीक्षणमा क्यान्सरको प्रारम्भिक लक्षणहरू देखिएमा यो परीक्षणले क्यान्सरको उपचारमाप नि मद्दत गर्न सक्छ ।

के यो प्याप स्मीयर परीक्षण गर्न पीडादायी छ ?

यो परीक्षण गराउन सहज छ । जब डाक्टरले पाठेघरबाट कोषिकाहरु निकाल्ने क्रममा अलिकति असहज महसुस हुन सक्छ । तर यो परीक्षण गराउँदा कुनै पीडा हुँदैन ।

प्याप स्मीयर कसले, कुन उमेरमा गर्नुपर्छ ?

नेपालको मापदण्ड अनुसार ३० वर्षदेखि ६० वर्षको उमेर समूहका महिलाले अनिवार्य ३-३ वर्षको अन्तरालमा गराउनु भनिन्छ । तर, खासमा पाठेघरको मुखको क्यान्सर यौन क्रियाकलापमा सक्रिय छ भने उनीहरुमा जोखिम हुने भएकोले यसको लक्षण देखिएमा ३० वर्षमुनिकाहरुले पनि जाँच गराउन सक्छन् ।

नेपालमा छिटो विवाह हुने र छिट्टै सन्तान जन्माउने संख्या बढ्दो छ । किशोरीहरु पनि भएकोले यौन क्रियाकालापमा संलग्न भइसकेपछि जाँच गरेर सम्भावना हेर्न सकिन्छ ।

क्यान्सर भइसकेको अवस्था छ भने प्याप परीक्षण गराइराख्नु पर्दैन । त्यस्तै, ६० वर्ष पछि र यौन क्रियाकलापमा सक्रिय नभएको महिलाले पनि यो परीक्षण गराउनु आवश्यक छैन ।

प्याप स्मीयर गर्दा कुनै हानि हुन्छ ?

प्याप स्मेयर एउटा परीक्षण मात्र भएको र कुनै केमिकल पनि मिसाउने नहुँदा सुरक्षित नै हुन्छ । यसले गर्दा कुनै हानि हुँदैन ।

यो कसरी गरिन्छ ?

प्याप परीक्षण गर्दा चिकित्सक वा दक्ष स्वास्थ्यकर्मीले  योनीमा स्पेकुलम नामक उपकरण घुसाउँछन् । पाठेघरको मुख देखिन थालेपछि त्यहाँबाट उपकरणको सहायताले केही कोषिका संकलन गरिन्छ ।  त्यसपछि प्रयोगशालामा लगेर माइक्रोस्कोपको सहायताले यी कोषिकाहरूलाई सामान्य छ वा छैन भनेर जाँच गरिन्छ । यदि ती कोषिकाहरुमा क्यान्सर भएको पाइयो भने चिकित्सकहरूले सोहीअनुसार थप उपचार गर्ने निर्णय गर्छन् ।

प्याप स्मीयर परीक्षण कहाँ-कहाँ गर्न सकिन्छ ?

नेपालमा निजी तथा सरकारी अस्पतालमा प्याप स्मेयरको सेवा छ । महिला सम्बन्धि विशेषज्ञ भएको प्राय: अस्पताल वा क्लिनिकमा याप स्मीयरको सुविधा छन् ।

यसका लागि कति खर्च लाग्छ ?

सरकारी अस्पतालमा प्याप स्मीयर सेवाको मूल्य ५ सय देखि ७ सयसम्म छ । विपन्न महिलाहरुको भने सरकारी अस्पतालमा निःशुल्क परीक्षणको व्यवस्था गरिएको छ । त्यस्तै निजी अस्पतालमा भने फरक मूल्य तोकिएको हुन्छ ।

यी स्थितिमा प्याप स्मीयर गराउनु जरुरी हुन्छ-

शारीरिक सम्पर्क राख्दा पीडादायी भएमा वा रगत देखिएमा ।

–महिनावारी नभए पनि बीचमा रगत देखिएमा ।

–प्रजनन अंगमा दुखाई महसुस भएमा ।

–सेतो र गन्हाउने पानी योनीमा आइरहेमा ।

–तल्लो पेट लगातार दुख्ने वा ढाँड दुख्ने भएमा ।

–तौल घट्दै गएको स्थितिमा ।

जीवनशैली प्याप स्मीयर
लेखक
डा. करिश्मा मल्ल वैद्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सेतो कोटको ‘मौन विद्रोह’

सेतो कोटको ‘मौन विद्रोह’

लगातारको झरीसँगै हैजाको जोखिममा काठमाडौं !

लगातारको झरीसँगै हैजाको जोखिममा काठमाडौं !

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)