+
+

चुनावपछि फिल्ममा फर्किइन् रेखा, ‘धरहरा’ गीतमा मर्काइन् कम्मर

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १४ गते १८:१३

काठमाडौं । चिकित्सक समेत रहेका कपिल रिजालको डेब्यु निर्देशन रहेको फिल्म ‘ह्यारीकी प्यारी’को गीत ‘धरहरा’ सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरियो, जहाँ अभिनेत्री रेखा थापासहित फिल्मका कलाकार उपस्थित रहे । गीतमा रेखाले नृत्य गरेकी छन् ।

शिखर सन्तोषकोे संगीत, भोला रिजालको शब्द रचना रहेको गीतमा सपनकुमार राई र मीना निरौलाको स्वर समावेश छ । कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतमा रेखासँग जितु नेपाल र विजय बराल पनि फिचर्ड छन् ।

रेखाले अतिथि भूमिकामा लामो समयपछि फिल्ममा फर्किन पाउँदा खुसी लागेको बताइन् । पछिल्लो समय अभिनयसँगै राजनीतिमा पनि सक्रिय भएकाले फिल्ममा फर्किन समय लागेको उनले बताइन् ।

‘चाँडै म लिड अभिनेत्रीकै रुपमा फिल्ममा कमब्याक हुन्छु,’ उनले भनिन्, ‘फिल्मको तयारी भइरहेको छ ।’

बीआर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको ‘ह्यारीकी प्यारी’मा जितु र विजयसहित साम्राज्ञी शाह, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी र डिल्लीराम खनालको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?