+
+

शालीनदीमा माघ स्नान

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७९ पुष २२ गते १२:२६

२२ पुस, काठमाडौं । एक महिनासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माधव नारायण पूजा आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने यस कार्यलाई माघ स्नान पनि भनिन्छ ।

पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । मध्याह्नकालमा महादेवको पूजा गरिन्छ भने बेलुका स्वस्थानी व्रत कथा सुन्ने÷सुनाउने परम्परा छ । साथै भक्तिपूर्वक शिव–पार्वतीको पूजा गर्ने चलन छ ।

यस अवसरमा आजैदेखि एक महिनासम्म काठमाडौंको उत्तरपूर्वमा अवस्थित साँखुको शालीनदीमा माधवनारायणको मेला लाग्छ । माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिइ पुण्य कमाइने धार्मिक विश्वास छ । यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौं भक्तजन आउने गरेको इतिहासकार प्रकाश श्रेष्ठ बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?