+
+

ओस्कार फिल्म कलेजका विद्यार्थीलाई सिंगापुरको इन्फानाइट स्टुडियोको छात्रवृत्ति

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २२ गते १२:५३

काठमाडौं । सिंगापुरको इन्फानाइट स्टुडियोजले ओस्कार कलेज (कलेज अफ फिल्म स्टडिज)का १५ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको छ । स्टुडियोको प्रतिनिधि सुयी मोले बिहीबार ओस्कार कलेजमै आयोजित कार्यक्रममा सन् २०२३ मा छात्रवृत्ति पाउने १५ जना विद्यार्थीलाई रकम हस्तान्तरण गरेकी छन् ।

कार्यक्रममा पाँच जना विद्यार्थीले इन्फाइनाइट छात्रवृत्ति र १० जनाले इन्फानाइट बर्सरी अवार्ड प्राप्त गरेका थिए । इन्फानाइट स्टुडियोजले २०७३ सालदेखि ओस्कार कलेजमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।

प्रतिनिधिको रुपमा नेपाल आएकी मोले कलेजले विद्यार्थीको वृत्ति विकासमा ठूलो योगदान पुर्‍याउने बताइन् । ‘कलेजमै विद्यार्थीले सबै सीप सिक्ने भएकाले गर्दा फिल्म कलेज सिनेमा उद्योगका आधार हुन् । यही कारणले हामीले विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेका हौं । आगामी दिनमा हामी अरु क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक छौं,’ मोले कार्यक्रममा भनिन् ।

मोले बिहीबार नै कलेजमा विद्यार्थीले बनाएका ६ वटा सर्ट फिल्म पनि हेरेकी थिइन् । फिल्म हेरेपछि मोले विद्यार्थीसँग फिल्मका विषयमा छलफल गरेकी थिइन् । छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल रामराजा दाहालले इन्फानाइटले दिंदै आएको रकम कलेज र विद्यार्थीका लागि ठूलो महत्वको रहेको धारणा राखेका थिए । ‘छात्रवृत्तिवापत विद्यार्थीले पाउने रकमको ठूलो अर्थ छ । योबाहेक हामी स्टुडियोसँग आगामी दिनमा अरु क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक छौं,’ उनले भनिन् ।

स्टुडियोले कोभिड महामारीका कारण क्षति व्यहोर्नुपरेका विद्यार्थीका लागि भनेर दुई वर्षदेखि बुरसरी अवार्ड समेत वितरण गर्न थालेको थियो । स्टुडियोले तेस्रो वर्ष पनि यो अवार्डलाई निरन्तरता दिने निर्णय गर्दै बिहीबार यो अवार्ड प्राप्त गर्ने १० जना विद्यार्थीलाई छात्रवृत्ति रकम हस्तान्तरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?