+

मनिष डाँगी संकटा क्लबमा आवद्ध

२०७९ पुष  २८ गते १८:११ २०७९ पुष २८ गते १८:११
मनिष डाँगी संकटा क्लबमा आवद्ध

२८ पुस, काठमाडौं । नेपाली राष्ट्रिय टिमका फरवार्ड मनिष डाँगी यो सिजनको ए डिभिजन लिगका लागि संकटा क्लबमा आवद्ध भएका छन् । गत वर्ष मच्छिन्द्र क्लबबाट खेलेका मनिष नयाँ सिजनका लागि संकटा क्लबसँग अनुबन्ध भएका हुन् ।

बिहीबार संकटा क्लबले आफ्नो फेसबुक पेजमार्फत मनिषलाई अनुबन्ध गरेको जानकारी गराएको छ । मनिषले २०२१ मा पहिलो पटक राष्ट्रिय टिमबाट खेलेका थिए ।

सन् २०१९ मा नेपालका तर्फबाट एफसी यू–१९ च्याम्पियनसिप खेलेका उनले २०२१ मा नै नेपालका लागि यू–२३ एसियन कप क्वालिफायर्स खेलेका थिए । सन् २०२१ को मे मा भएको इराकविरुद्धको खेलमा उनले राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

उनले २०२१ मा भएको नेपाल सुपर लिगमा विराटनगर सिटीबाट खेलेका थिए । त्यस्तै २०२१/२२ को ए डिभिजन लिगमा मच्छिन्द्र क्लबबाट खेलेका थिए ।

फुटबल मनिष डाँगी शहीद स्मारक ए डिभिजन लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय