+
+

‘रन फर प्रोटिन’ मा ५ हजार धावकको सहभागिता रहने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते १९:३५

५ माघ, काठमाडौं । नेपाल भेटेरिनरी संघको आयोजना आगामी शनिबार हुने ‘रन फर प्रोटिन’ दौड प्रतियोगितामा करिव पाँच हजार धावकको सहभागिता रहने आयोजकले बताएको छ ।

महिला र पुरुष खुल्ला हाफ म्याराथन प्रमुख विधा रहने यो प्रतियोगितामा प्लस टू छात्र ५ किमि र छात्रा ३ किमि, खुल्ला १० किलोमिटर पुरुष र ५ किलोमिटर महिला, ह्वीलचियर पुरुष र महिला गरी ८ विधा समावेश गरिएको छ ।

हाफ म्याराथनको पुरुषतर्फ २९३, महिलातर्फ ४३, प्लस टू छात्रततर्फ ४१५ र छात्रातर्फ ३६५, १० किमिमा १६७५ र ५ किमिमा ४५७ जनाले नाम दर्ता गरिसकेको संघले विहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

संघका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । संघको आयोजना भएको दौड प्रतियोगिताको यो दोस्रो संस्करण हो ।

प्रतियोगितामा महिला र पुरुष खुला हाफ म्याराथनको विजेताले जनही १ लाख ३३ हजार ३३३ रुपैयाँ पुरस्कार पाउनेछन् । सबै विधामा पाँचौं स्थानसम्मकाले नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको कुल पुरस्कार राशि १४ लाख ८३ हजार ३३३ रुपैयाँ रहेको संघले जानकारी दिएको छ । शनिबार विहान ७ बजेदेखि दशरथ रंगशालाबाट दौड सुरु हुनेछ भने त्यहीँ आएर समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?