+
+

विराटनगरको भिन्तुना होटलबाट पक्राउ परेका थिए मेहबुब आलम

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते १५:५२

९ माघ, विराटनगर । स्पट फिक्सिङको आरोपमा पूर्व क्रिकेटर मेहबुब आलम आज सोमबार बिहान विराटनगरको भिन्तुना होटलबाट पक्राउ परेका छन् ।

उनी विराटनगर बसपार्क नजिकैको भिन्तुना होटलबाट पक्राउ परेका एसपी शान्तिराज कोइरालाले जानकारी दिए । मेहबुबलाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

उनी हिसान मिटका लागि विराटनगर आएको बेला पक्राउ परेका हुन् । उनलाई कान्तिपुर कलेजले प्रशिक्षकका रुपमा हिसान मिटमा सहभागी हुन विराटनगर बोलाएको थियो ।

प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले महबुब नेपाल टी-२० लिगमा स्पट फिक्सिङमा संलग्न रहेको पाएपछि प्रहरीले उनलाई पक्रेको हो ।

उनले नेपाल क्रिकेट संघ (क्यान) को रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको सीआईबी स्रोतले जनाएको छ ।

सीआईबीका अधिकृतहरुका अनुसार आलमले जतिनलाई अन्य खेलाडीहरुसँग पनि सम्पर्क गर्न सहयोग गरेका थिए । उनी प्रतियोगितामा खेलाडीका रुपमा भने थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?