+
+

एक घण्टा घरको सबै विजुली बन्द गर्नुस्, पुरस्कार पाउनुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते १९:०५

काठमाडौं । हाम्रो देशमा विद्युत खपत बढाउनका लागि सरकारले आम नागरिकहरुलाई बढि भन्दा बढि विजुलीको उपयोग गर्न अनुरोध गर्दछ । बर्खायाममा विजुलीको उत्पादन धेरै तर खपत कम हुँदा करोडौंको विजुली खेल जान्छ नेपालमा ।

तर ठूला उद्योगधन्दाको अभाव र आम मानिसको प्रतिव्यक्ति विद्युत खपत दर पनि न्यून हुँदा समग्रमा कूल विद्युत खपत खासै बढ्न सकिरहेको छैन । तर दुनियाँमा एउटा यस्तो देश पनि छ जसले धेरै खपत गर्नेलाई होइन विजुली खपत कम गर्नेलाई पुरस्कारको घोषणा गरेको छ ।

हो, विद्युत उर्जाको संकट हुँदा समेत मानिसहरु यसको खपत कम गर्नका लागि तयार नहुँदा सरकारले नै बिजुली खपत कम गर्नेलाई पुरस्कारको घोषणा गरेको हो । यो समाचार बेलायतको हो । त्यहाँको राष्ट्रिय विद्युत ग्रिड विभागले आम मानिसहरुलाई विजुलीको महत्व बुझाउन र त्यसको किफायती प्रयोग गर्न सिकाउनका लागि उक्त अफर ल्याएको हो । जस अनुसार प्रयोगकर्ताले खपत नगर्ने हरेक एक युनिट बिजुलीको ३ पाउण्डका दरले पुरस्कार दिइनेछ ।

डेलीस्टारमा प्रकाशित समाचार अनुसार घरमा एकघण्टासम्म पूर्णरुपमा बिजुली बन्द गरेमा रकम पुरस्कार दिइनेछ । पुरस्कार रकम खासगरी उनीहरुको विजुलीको बिलमा छुटको रुपमा रहनेछ । डिमान्ड फ्लेक्सिबिलिटी सर्भिस अन्तरगत उक्त पुरस्कार दिइनेछ ।

स्मरण रहोस् बेलायतमा हाल जिवनयापनको लागत निकै बढिरहेको छ । यस्तोमा सरकारी विद्युत आपूर्ति निकायले माग लचकता सेवा अन्तरगत उक्त अफर सञ्चालन गरिरहेको छ ।

उक्त कार्यक्रमको उद्देश्य बेलायतीहरुलाई विजुली कम खपत गर्नका लागि प्रेरित गर्नु हो । जस अन्तरगत बढि विजुलीको माग हुने पिक आवरको कुनै एक निश्चित समयमा आफ्नो घरमा बिजुलीको प्रयोग बन्द गर्नुपर्नेछ ।

नेशनल ग्रिड इएसओको वेबसाइटमा भनिएको छ, ‘यदि तपाईंले डीएफएसको स्किममा भाग लिनका लागि साइन अप गर्नुभएको छ भने तपाईंको विजुली विक्रेताले प्रदर्शनी परीक्षण वा लाइभ कार्यक्रम अगाडि तपाईंलाई सम्पर्क गर्नेछ र त्यसदिन हुने कार्यक्रममा भाग लिने बारेमा सोध्नेछ ।

बेलायतमा यो चिसो याममा तापक्रम निकै कम हुँदा विद्युतको खपत उच्च दरले बढेको छ । जसका कारण बेलायतले उर्जाको माग पूरा गर्न कोइलाबाट समेत विजुली निकालेर वितरण गर्ने तयारी गरेको छ ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?