
२४ माघ, काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले घरेलु टोली बंगलादेशसँग खेल्ने भएको छ ।
राउण्ड रोविन लिगको अन्तिम खेलमा आज बंगलादेशले भुटानलाई ५-० ले हराएपछि फाईनल समीकरण पूरा भएको हो ।
त्यसअघि आजै नेपालले भारतलाई ३-१ ले पराजित गरेर फाइनलमा स्थान बनाएको थियो । बंगलादेशले भुटानलाई हराएपछि साविक विजेता भारत भने बाहिरिएको छ ।
चार राष्ट्र सहभागी च्याम्पियनसिपमा बंगलादेश र नेपाल शीर्ष दुई स्थानमन रहँदै फाइनल पुगेका हुन् । बंगलादेशले तीन खेलबाट ७ अंक जोड्दा नेपालले ६ अंक जोडेको थियो ।
बंगलादेश अपराजित रहँदा नेपालले दुई जित र एक हारको नतिजा निकालेको थियो । च्याम्पियनसिपको पहिलो खेलमा नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4