+
+

टेलिभिजन लाइभमा महिला पत्रकारले गरिन् श्रीमान्‌सँग डिभोर्सको घोषणा !

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते १३:१८

काठमाडौं । अहिले सोसल मिडियामा एकजना महिला पत्रकारको भिडियो भाइरल बनिरहेको छ । ती पत्रकारले टेलिभिजनमा प्रत्यक्ष प्रशारणमा कार्यक्रम सञ्चालन गरिरहेको बेला आफ्नो पतिसँग डिभोर्सको घोषणा गरेको भिडियो भाइरल बनेको हो ।

लाइभ कार्यक्रमका बेला उनको त्यस्तो घोषणाले दर्शकहरु समेत हैरान बनेका थिए । ती प्रस्तोताले एक ट्वीट गर्दै आफूले टेलिभिजन शो अन्तिममा एउटा विशेष घोषणा गर्दै जानकारी पहिले नै दिएकी थिइन् ।

डेलीमेलका अनुसार यो घटना अमेरिकामा भएको हो । ४९ वर्षकी महिला टेलिभिजन पत्रकारको नाम जूली बन्डेरस हो । उनी न्युयोर्कस्थित फक्स न्यूज च्यानलमा समाचार तथा कार्यक्रम प्रस्तोता हुन् । हालै उनले ट्वीटरमा एक पोस्ट गरेकी थिइन्, जसमा लेखिएको थियो : आज राति ११ बजे टेलिभिजन शो को अन्त्यमा मेरो एउटा महत्वपूर्ण घोषणा छ ।’

सोही घोषणा बमोजिम नै जूलीले आफ्नो टेलिभिजन कार्यक्रमको अन्त्यमा डिभोर्सको घोषणा गरिन् ।

उनले त्यस्तो घोषणा गर्नुको पनि निकै मिल्दो संयोग जुटेको थियो । टेलिभिजन शो चलिरहेको बेलामा अर्का प्रस्तोताले उनलाई भ्यालेन्टाइन डे का अवसरमा पतिले के उपहार दिँदैछन् भनेर सोधे । त्यसको जवाफमा जूलीले भनिन् : ठीकै छ । मैले डिभोर्स गर्दैछु। अब म अगाडि बढ्न गईरहेकी छु। तपाइँ सबैलाई धन्यवाद ।

यहीँ नै ब्रेकिङ न्यूज थियो । जूलीले प्रणय दिवसलाई मूर्खतापूर्ण र हास्यास्पदको संज्ञा दिएकी छिन् ।

जूलीले ५५ वर्षीय एन्ड्रयू सनसोनसँग सन् २००९ मा बिहे गरेकी थिइन् । सनसोन पेशाले वित्तिय परामर्शदाता हुन् । उनीहरुका ३ बच्चा छन् । गत डिसेम्बरमै उनले पतिसँग अलग हुने संकेत गरेकी थिइन् ।

लामो समय यता उनले आफ्ना सन्तानहरुसँगका तस्वीर मात्रै पोष्ट गर्दै आएकी छिन् । र, कुनै पनि पोस्टमा पति सनसोनलाई समेटेकी छैनन् । एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?