+

कानेगुजीले कसरी कानको सुरक्षा गर्छ ?

२०७९ फागुन  ३ गते १६:५७ २०७९ फागुन ३ गते १६:५७
Shares
कानेगुजीले कसरी कानको सुरक्षा गर्छ ?

कानमा जम्ने कानेगुजीलाई फोहोर मानिन्छ । जसकारण दैनिक रुपमा कानेगुजी झिक्न कान कोट्याउने बानी धेरैको हुन्छ । त्यति मात्र नभई बच्चालाई समेत रुवाएर भएपनि कानेगुजी फोहोर हो भन्ने हिसाबले निकालिदिने गरिन्छ । यसरी दैनिकजसो कानेगुजी झिक्नु कानको स्वास्थ्यको दृष्टिकोणले फाइदाजनक होइन ।

कान स्वस्थ राख्न कानमा कानेगुजी हुनुपर्छ । यो बच्चादेखि वृद्धसम्मको लागि आवश्यक कुरा हो । कानमा हुने कानेगुजीले विभिन्न किसिमको फाइदा गरिरहेको हुन्छ ।

कानेगुजीले कानको सरसफाइ गर्ने काम गर्छ । कहिलेकाहीं लड्दा बाहिरी कानको जालीमा चोट लागे पनि कानेगुजी भएकै कारण कानको जालीभित्र चोट लाग्न दिंदैन । यदि कानेगुजी छ भने कानभित्र कीरा पसेमा जालीलाई धेरै क्षति गर्न सक्दैन ।

कान कोटाइहाल्यो भने पनि जालीभित्र पर्ने असरलाई कानेगुजीले रोक्न सक्छ । कानमा हुनसक्ने सानोतिनो संक्रमण कानेगुजीमा हुने एन्टीबायोटिक र एन्टी फंगल तत्वले निको पार्छ ।

कानेगुजी अत्यधिक भएर कानको जालीलाई नै अवरोध गरेर कान नै नसुन्ने अवस्था छ भने मात्र चिकित्सक वा पारामेडिक्सको सहयोगमा औषधि हालेर सुरक्षित किसिमले निकाल्नुपर्छ । जथाभावी आफैंले कान कोट्याएर निकाल्न हुँदैन । आफैं निकाल्दा थोरै मात्र निकाल्न सकिन्छ । र, ९० प्रतिशत निकाल्न खोज्दा कानेगुजी झनै कानको भित्रीभागमा धकेलिन्छ । परिमाणस्वरूप कानेगुजी कडा हुँदै बढ्दै जान्छ ।

कानको समस्याबाट कसरी जोगिने ?

कान संवेदनशील अंग हो । कानको रोग पनि ठूलो स्वास्थ्य समस्या हो भनेर लिनुपर्छ । कानमा संक्रमण हुन नदिने र भएमा बेवास्ता नगर्ने, उच्च ध्वनि हुने ठाउँमा बस्नुहुँदैन । हेडफोनमा लामो समयसम्म ठूलो स्वरमा संगीत सुन्नु हुँदैन । कन्सर्ट र रेस्टुरेन्टमा हुने लाइभ म्युजिकको आवाज लामो समयसम्म सुन्नु, हेडसेटमा चर्को आवाज सुन्नु, लामो समयसम्म म्युजिक ठूलो पारेर सुन्नु, र ठूलो ठूलो आवाज आउने ठाउँमा काम गर्नु कानको लागि हानिकारक हुन्छ । यसले सुन्ने क्षमता कम गराउँछ । त्यसबाहेक कानको समस्याबाट जोगिन बेलाबेलामा कानको परीक्षण गराइरहनुपर्छ ।

कानबारे ५ वैज्ञानिक तथ्य

-कानेगुजी खैरो, सुन्तला, रातो, पहेंलो फरकफरक रंगको हुन्छ।

-कानेगुजी सुख्खा र भिजेको दुईखालको हुन्छ। प्रत्येक व्यक्तिको कानेगुजीको प्रकार वंशाणुगत हुन्छ। कानेगुजीकै मद्दतले मानवशास्त्रीले कस्तो रहनसहनबाट आएको भनेर पत्ता लगाउन सक्छन्।

-कानेगुजी वास्तवमै फोहोर होइन। यो प्राकृतिक रूपमा माइक्रोबियल हो जसले जीवाणु संक्रमणलाई रोक्न मद्दत गर्छ।

-कानेगुजीको संरचनामा फ्याटी एसिड, स्क्वालेन, कोलेस्टेरोलहरु मृत कोषिकासँग मिसिन्छ।
-कानेगुजीमा प्राकृतिक चिप्लो पदार्थ हुन्छ। जसको नरमपनले कानलाई चिलाउने र सुख्खापन हुनबाट जोगाउँछ।

(प्रा. डा. श्रेष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ हुन् । उनी वीर अस्पतालको नाक, कान तथा घाँटीरोग विभागका पूर्वविभागीय प्रमुख हुन् । डा. श्रेष्ठले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, शिक्षण अस्पतालबाट ईएनटीमा एमएस गरेका छन् । इन्टरनेसनल फेडेरेसन अफ हेड एण्ड नेक सोसाइटी र मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टर अमेरिकाबाट हेड एण्ड नेक सर्जरी र ओन्कोलोजीमा फेलोसिप पूरा गरेका छन् ।)

तस्वीर/भिडियो : आर्यन धिमाल/अनलाइनखबर

कान कानेगुजी प्रा. डा. दीपेन्द्र श्रेष्ठ
प्रा. डा. दीपेन्द्र श्रेष्ठ
लेखक
प्रा. डा. दीपेन्द्र श्रेष्ठ
वरिष्ठ नाक कान घाँटीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : २६६१ एमबीबीएस, एमएस, फेलोसिप इन हेड एन नेक अन्कोसर्जरी । वरिष्ठ परामर्शदाता ईएनटी हेड एण्ड नेक सर्जन, ईएनटी विभाग, वीर अस्पतालका पूर्व प्रमुख, प्रमुख परामर्शदाता राष्ट्रिय ईएनटी सेन्टर । अध्यक्ष, सोसाइटी अफ ईएनटी सर्जन अफ नेपाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

पोषण तथा आहारको क्षेत्रमा अनलाइन ठगीको बिगबिगी

पोषण तथा आहारको क्षेत्रमा अनलाइन ठगीको बिगबिगी

प्यानक्रियाज के हो, कसरी स्वस्थ्य राख्ने ?

प्यानक्रियाज के हो, कसरी स्वस्थ्य राख्ने ?

महिनावारीमा रगतको ढिक्का किन जान्छ ? के यो सामान्य हो ?

महिनावारीमा रगतको ढिक्का किन जान्छ ? के यो सामान्य हो ?

किन हुँदैन यौन उत्तेजना ? कम उमेरका पुरुषमा बढ्दैछ समस्या

किन हुँदैन यौन उत्तेजना ? कम उमेरका पुरुषमा बढ्दैछ समस्या

क्यान्सर उपचारमा प्रभावकारी विकल्प बन्दै रोबोटिक सर्जरी

क्यान्सर उपचारमा प्रभावकारी विकल्प बन्दै रोबोटिक सर्जरी

रोग लागे पनि बाँच्न पाउने गरिबको अधिकार कसरी सुनिश्चित होला ?

रोग लागे पनि बाँच्न पाउने गरिबको अधिकार कसरी सुनिश्चित होला ?