+
+

वीरगञ्ज महानगरद्वारा प्याथलोजी सेन्टरको अनुगमन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते २०:१२

३ फागनु, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका– ८ पानीट्याङकी क्षेत्रमा सञ्चालित अधिकांश प्याथलोजी सेन्टर स्वीकृति नै नलिई सञ्चालनमा रहेको पाइएको छ ।

वीरगञ्ज महानगरपालिकाद्वारा गठित स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरण समितिले अनुगमनका क्रममा यस्तो पाईएको हो ।

प्याथलोजी सेन्टरहरुले नागरिकको स्वास्थ्यमा खेलवाड गरिरहेको र विना दर्ता नै संचालनमा रहेको भन्ने सूचना आएपछि अनुगमन गरिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

सिटी डाइग्नोष्टिक सेन्टरले स्वीकृति नलिई प्याथोलोजी सञ्चालन गर्नुको साथै म्याद गुज्रेका केमिकल तथा औषधी प्रयोग गर्ने गरेको पाइएको अनुगमन समितिका संयोजक एवं वडा नम्वर १८ का वडाध्यक्ष उमाशंकर तिवारीले जानकारी दिए ।

यस्तै नेहा फार्मेसी, जय बजरंग प्याथोलोजी, ओम प्याथोलोजी सेन्टर पनि मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । जीवन दीप एक्स रे पनि विना दर्ता नै सञ्चालनमा रहेको फेला परेको छ ।

अनुमति नलिई सञ्चालनमा रहेका प्याथालोजी तथा एक्स रे सेन्टरलाई स्वीकृति नलिएसम्म बन्द गर्न भनिएको महानगरको स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले जानकारी दिए । पहिलो पटक चेतावनी दिएर छोडिएको बताउँदै उनले अटेर गरे थप कानुनी कारबाही गर्ने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?