+
+

पदावधि सकिनुअघि नै राजीनामा दिने विश्व बैंकका प्रमुखको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १०:२७
Photo Credit : Photograph: Andrew Kelly/Reuters

४ फागुन, काठमाडौं । विश्व बैंकका प्रमुख डेभिड मालपासले राजीनामाको घोषणा गरेका छन् ।

डेभिडको कार्यकाल सन् २०२४ मा समाप्त हुँदैछ । उनले आफ्नो कार्यकाल पूरा हुनुअघि नै जुनको अन्तिममा राजीनामा दिने घोषणा गरेका हुन् ।

डेभिड तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा विश्व बैंकको प्रमुख बनेका थिए । उनी ट्रम्पको अभियान सल्लाहकार पनि थिए ।

विश्व बैंकले अत्यधिक विश्वव्यापी चुनौतीहरू सामना गरेको अवधिमा उनले नेतृत्व गरे । उनको कार्यकालमा विश्वमा कोभिड, युक्रेनमा रुसको आक्रमण र विश्वव्यापी आर्थिक चुनौतीहरू देखा परे ।

६६ वर्षीय मालपासले राजीनामाको घोषणा गर्दै आफ्नो राजीनामालाई सहज नेतृत्व परिवर्तनको अवसर भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?