+

किन आउँदैन अहिलेका बालबच्चाको सिंगान ?

२०७९ फागुन  ९ गते १६:४७ २०७९ फागुन ९ गते १६:४७
Shares
किन आउँदैन अहिलेका बालबच्चाको सिंगान ?

काठमाडौं । सिंगान, यो शब्द सुन्नासाथ तपाईंले नाक खुम्च्याउनुहुन्छ वा दिगमिग मान्नुहुन्छ । तर सिंगानसँग जोडिएका केही तथ्य निकै घतलाग्दो छ ।

तपाईंले ख्याल गर्नुभएकै होला, विगतमा बालबच्चाको नाकमा यस्तो पदार्थ धेरै नै देखिन्थ्यो । सिंगान पुछ्न बुवाआमाले बेग्लै टालो वा रुमालको व्यवस्था गरिदिएको हुन्थ्यो । त्यस्ता बालबच्चा सायदै हुन्थे, जसको नाकमा सिंगानको अंश नहोस् ।

तर अहिले स्थिति फरक छ । अहिलेका बालबच्चाको नाकबाट त्यस्तो तरल पदार्थ सायदै बग्छ । आखिर किन ? नाकमा सिंगान हुनु राम्रो हो वा खराब ? अहिलेका बालबच्चाको नाकमा सिंगान नहुनुले के कुराको संकेत गर्छ ?

चिकित्सकको भनाइ यस्तो छ

नाक कान घाँटीरोग विशेषज्ञ डा. ढुण्डीराज पौडेलका अनुसार हाम्रो शरीरमा गोबलेट नामक कोषिका हुन्छ । जसले नाकमा म्युकस नामको ग्रन्थि बनाउँछ । त्यो म्युकस ग्रन्थिबाट नै सिंगान उत्पादन हुन्छ ।

‘विभिन्न प्रकारका बाह्य वातावरणीय प्रदूषण, एलर्जी र भाइरस संक्रमणको कारण सिंगान उत्पादन हुन्छ । कसैमा भने वंशाणुगत कारणले पनि सिंगान बगिरहने हुन्छ,’ उनी भन्छन् ।

पोषणविद् के भन्छन् ?

नाकबाट सिंगान आउनु र नआउनुमा कतिपयले प्रोटिनसँग जोडेर व्याख्या गर्ने गर्छन् । विगतमा बालबच्चालाई पोषणको अभाव हुने र रोगप्रतिरोधात्मक क्षमता कमजोर भएर सिंगान आउने गरेको बताउँछन् पोषणविद् आरेम कार्की । ‘अहिलेका बालबच्चामा भने प्रोटिन पुग्दो छ र उनीहरुको नाकबाट सिंगान बग्दैन,’ उनी भन्छन् ।

प्राकृतिक चिकित्सक यसो भन्छन्

प्राकृतिक चिकित्सक मनोज ढकालका अनुसार शरीरभित्र आफ्नै प्रतिरक्षा प्रणाली हुन्छ, जसले बाह्य कीटाणु वा संक्रमणलाई शरीरभित्र प्रवेश गर्न दिंदैन । यस्तै प्रणाली हो, म्युकस ग्रन्थि पनि । नाकभित्र हुने यस ग्रन्थिले सिंगान वा चिल्लो पदार्थ उत्पादन गर्छ ।

यस्तो पदार्थ त्यहीबेला उत्पादन गर्छ, जब धुलो–धुँवालगायत बाह्य संक्रमणको जोखिममा हुन्छौं । त्यसबेला उक्त ग्रन्थिले चिल्लो पदार्थ वा सिंगान उत्पादन गर्छ र बाह्य कीटाणुलाई श्वासनलीमा प्रवेश गर्न दिंदैन । ‘स्वस्थ्य शरीरको लागि यो एकदमै जरुरी कुरा हो,’ ढकाल भन्छन्, ‘नाक ओसिलो भइरहनुपर्छ ।’

नाक सुख्खा हुनु राम्रो मानिंदैन । सुख्खा हुँदा बाहिरी धुँवा, धूलोको कण आदि श्वासनलीमा सजिलै पुग्छ र फोक्सो एवं अन्य अंगमा असर गर्छ । तर नाक ओसिलो छ भने यसले त्यस्ता धुलो, धुँवा श्वासनलीमा पुग्न दिंदैन । सिंगान केही प्रकारको हुने गर्छ, जुन म्युकस ग्रन्थिले आफ्नो आवश्यकताअनुसार उत्पादन गर्छ ।

‘पहिले पहिले बालबच्चाको नाकबाट सिंगान बग्नुमा उनीहरु धुलो माटोमा खेल्थे, त्यसैले धुलो फोक्सोमा नपुगोस् भनेर नाकभित्र सिंगान उत्पादन हुन्थ्यो,’ डा. ढकाल भन्छन्, ‘यसको अर्थ उनीहरुको म्युकस ग्रन्थि सक्रिय थियो र हरक्षण त्यसले बाह्य कीटाणु र संक्रमणविरुद्ध काम गथ्र्यो । यही कारण उनीहरुको रोग प्रतिरोधी क्षमता पनि बलियो हुन्थ्यो ।’

अहिलेका बालबच्चालाई भने धेरै सुकिलो बनाइन्छ । घरकोठाको चौघेरामा राखिन्छ, जहाँ धुलो माटोको सम्पर्क हुँदैन । ‘यसले गर्दा अहिलेको बच्चाको म्युकस ग्रन्थि सक्रिय हुँदैन,’ डा. ढकाल भन्छन्, ‘उनीहरुलाई बढी निमोनियाको जोखिम हुनुको कारण पनि यही हो ।’

नाकलाई सधैं ओसिलो बनाइराख्नुपर्ने उनको सुझाव छ । यसका लागि केही प्राकृतिक विधि पनि छन् । जस्तो कि, जलनेती । थोरै नुन राखिएको मनतातो पानीलाई एउटा नाकको प्वालबाट हालेर अर्को प्वालबाट निकाल्ने अभ्यास हो यो । सुरुमा असहज लागेपनि बानी परेपछि सहज हुन्छ । यस्तो अभ्यास गर्नका लागि योग एवं प्राकृतिक चिकित्सकको परामर्श लिनु उपयुक्त हुन्छ ।

सिंगान स्वास्थ्य
डा. ढुण्डीराज पौडेल
लेखक
डा. ढुण्डीराज पौडेल
नाक, कान तथा घाँटीरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १७७१ अध्ययन : एमबीबीएस, एमएस (नाक, कान तथा घाँटी सर्जरी) देशका एक दर्जन बढी जिल्लामा पुगेर नाक, कान तथा घाँटीरोगको उपचार, सरकारी स्वास्थ्य सेवामा तीन दशकको अनुभव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’