+
+

घरेलु मैदानमा स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७९ फागुन ९ गते २०:२३

९ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू को घरेलु मैदानमा भएको शृंखला नेपालले क्लिन स्वीप गरेको छ ।

त्रिकोणात्मक शृंखलाको चारै वटा खेल जित्ने क्रममा नेपालले आज अन्तिम खेलमा लिग टू च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

नेपाललाई जिताउन कप्तान रोहितकुमार पौडेल र करण केसीले नवौं विकेटका लागि कीर्तिमानी साझेदारी गरेका थिए । लिग च्याम्पियन भइसकेको स्कटल्याण्डलाई २१२ मा अलआउट गरेको नेपाल सुरुवातदेखि नै दबाबमा परेको थियो ।

१३८ रन बनाउँदा ८ विकेट गुमाइसकेको थियो । तर दबावका बीच कप्तानी पारी खेलिरहेका रोहितलाई करण केसीले बलियो साथ दिएपछि नेपालले २१३ रनको लक्ष्य ४४.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो । रोहितले अविजित ९५ रन बनाए ।

१०१ बल खेलेका उनले ७ चौका र ४ छक्का प्रहार गरे । दशौं नम्बरमा ब्याटिङ गर्न आएर पनि रोहितसँग उत्कृष्ट साझेदारी गरेका करणले ३७ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा अविजित ३१ रन बनाए ।

नेपाल र स्कटल्याण्डबीचको खेलका तस्वीरहरू हेर्नुहोस् :  

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?