+
+

कर्णालीमा माओवादी केन्द्रले छान्यो प्रमुख सचेतक र सचेतक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते ९:०१

११ फागुन, सुर्खेत । नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलको  प्रमुख सचेतकमा रणसिङ परियार र सचेतकमा मिलन खड्का नियुक्त भएका छन् ।

बुधबार राति बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले परियारलाई प्रमुख सचेतक र खड्कालाई सचेतकमा नियुक्त गरेको हो ।

हुम्ला प्रदेश सभा (क) बाट निर्वाचित सांसद परियारले यसअधि मन्त्रीमा दाबी गर्दै आएका थिए । तर पार्टीले प्रमुख सचेतक बनाएर मनाएको छ ।

सचेतक खड्का रुकुम पश्चिमकी खड्का समानुपातिक सांसद हुन् ।

गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका राजकुमार शर्माले लामो समयसम्म दलको प्रमुख सचेतक र सचेतक  नियुक्त गर्न नसकेको भन्दै आलोचना खेप्दै आएका थिए ।

कर्णालीमा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेले समेत दलको प्रमुख सचेत र सचेतक चयन गर्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?