+

एकअर्काको जुठो खाँदा के हुन्छ ?

२०७९ फागुन  २४ गते १८:२३ २०७९ फागुन २४ गते १८:२३
Shares
एकअर्काको जुठो खाँदा के हुन्छ ?

सामान्यतः हामी मन मिल्ने हितैषी खानेकुरा खाँदा एकअर्काको जुठोको पर्वाह गर्दैनौं । एउटै थाल वा भागको खानेकुरा सराबरी खाइदिन्छौं ।

प्रेमी-प्रेमिका हुन् वा श्रीमान्-श्रीमती, एकअर्काको जुठो खानमा असहज होइन अरु बढी आत्मीय अनुभव गर्छन् । साथी-साथी, आमाबुवा र छोराछोरी प्रायः एकअर्काको जुठो खाइरहेका हुन्छन् ।

एकअर्काको जुठो खान मिल्छ ?

एक जनाले खाएको खानेकुरा अर्कोले पनि सोही भागबाट खाँदा त्यो खानामा थुक धेरैथोरै मिसिएको हुन्छ । साथै सँगै खाएका साथीसँग गिजाको समस्या वा गिजामा रगत देखिने समस्या छ भने खानामा पनि त्यो रगत मिसिन जान्छ ।

त्यसकारण हामीले थाहा नपाई अरुको थुक र रगत खान सक्छौं । त्यसबाट हामीलाई पनि रोग सर्न सक्छ ।

खानेकुरा कसरी जुठो हुन्छ ?

यसरी खायो भने जुठो हुन्छ भन्ने हुदैन । एकै प्लेटमा राखेर धेरै व्यक्तिले खाएका छन् भने त्यो जुठो हुन्छ । त्यसमा चम्चा प्रयोग गरेको होस् वा हात । किनभने हामीले चम्चाले वा हातले खाँदा पनि खानामा मुखको थुक टाँसिएको हुन्छ ।

यसलाई धेरै जुठो कम जुठो भन्ने चाहिं हुदैन । यदि सिभियर रोग अर्थात् सरुवा रोग जस्तै, हेपाटाइटिस बी कुनै एक व्यक्तिमा छ भने थोरै थुकले पनि त्यो रोग सर्न सक्छ । चिप्स, नपकाएका चाउचाउ एउटै थालमा खाँदा भने रोग सर्ने सम्भावना अलि कम नै हुन्छ ।

श्रीमान-श्रीमतीबीचको जुठो 

जब श्रीमान् र श्रीमतीले जुठो खान्छन्, यसमा चाहिं दुवै जनाको ओरल हेल्थ कस्तो छ त्यसमा भर पर्छ । पहिले हाम्रो समाजमा श्रीमानले खाएको थालमा नै हालेर श्रीमतीले खाने चलन थियो । त्यसले आत्मीयता दर्शाउँछ, अनि एक किसिमले दुई जनाबीच इम्युनिटी बनडिङ (रोगसँग लड्ने क्षमता) विकास भइसकेको हुन्छ । अर्थात् त्यो प्रक्रिया सधैं भइरहने भए प्रतिरोधात्मक क्षमता पनि विकास भइसकेको हुन्छ भन्ने हो । तर रुघाखोकी लगायतका संक्रामक रोग लागिरहेको छ भने जुठो नखाएकै बेस हुन्छ ।

कस्तो रोग लाग्दा जुठो खानुहुँदैन ?

मुखसम्बन्धी रोग लागेको बेला एकअर्काको जुठो नखानु नै उचित हुन्छ । हेपाटाइटिस बी, रुघाखोकी, मुखमा घाउ, मुखको छेउछाउमा बिमिरा जस्तो घाउ र सास गन्हाउने समस्या छ भएका व्यक्तिको जुठो खानुहुँदैन । ज्वरो आएको बेलामा पनि जुठो नखुवाउँदा वा नखाँदा राम्रो हुन्छ ।

मुखमा धेरै क्याभिटी भएका व्यक्तिहरुको जुठो खानु भनेको चाहिं हामीले रोग निम्त्याएको जस्तो हो । आमाबुवाले बालबच्चालाई आफ्नो जुठो खुवाउने गर्छन्, जुन ठीक होइन । आमाबुवाको मुखमा समस्या छ भने त्यो छोराछोरीमा सजिलै सर्छ ।

जुठो खानै हुन्न त ?

जुठो खाँदै नखानु भन्ने पनि होइन कतिपय अवस्थामा परिवारका सदस्यबीच जुठो खाँदा शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउन पनि भूमिका खेल्छ । तर आमाबुवामध्ये कसैलाई दाँतमा प्वाल पर्ने अर्थात् क्याभिटीको समस्या छ भने जुठो खाँदा छोराछोरीमा पनि सर्न सक्छ । जसकारण दाँतमा कीरा लाग्ने, गिजाको समस्या हुन सक्छ । सामान्य अवस्थामा परिवारका सदस्यको जुठो खाएपनि अन्य व्यक्तिको भने नखाएकै राम्रो हुन्छ ।

(डा. अधिकारी दन्त चिकित्सक हुन् । उनी प्रिमियर डेन्टल क्लिनिकमा कार्यरत छन् ।)

खानेकुरा जुठो
डा. विप्लव अधिकारी
लेखक
डा. विप्लव अधिकारी
दन्तरोग चिकित्सक

मेडिकल काउन्सिल दर्ता नम्बर : १२६९२ बीडीएस हाल भक्तपुर सूर्यविनायकस्थित प्रिमियर डेन्टल क्लिनिकमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मनसुनमा दमका बिरामीलाई हुनसक्छ समस्या, कसरी जोगिने ?

मनसुनमा दमका बिरामीलाई हुनसक्छ समस्या, कसरी जोगिने ?

भावनात्मक बुद्धिमत्ता : व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधार

भावनात्मक बुद्धिमत्ता : व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधार

पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा

पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा

‘किमोथेरापी’ राक्षसजस्तै हो भन्ने सोच हाम्रो समाजमा छ, त्यो भ्रम रहेछ

‘किमोथेरापी’ राक्षसजस्तै हो भन्ने सोच हाम्रो समाजमा छ, त्यो भ्रम रहेछ

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?