+
+

मौसम बदली, चट्याङ्गसहित पानी पर्ने सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २७ गते १२:४३

२७ फागुन, काठमाडौं । मौसममा आज पनि आंशिक बदली भएको छ । आज देशका केही भागमा चट्याङसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र  गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा  मेघ गर्जन/चट्याङ्गसहित क्षणिक हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।

आइतबार पनि देशका पहाडी भू-भागका एक/दुई स्थानमा  मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।सोमबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा पानी पर्ने सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?