+
+

२६.८७ अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते १५:३१

१२ चैत, काठमाडौं । दोहोरो अंकको गिरावट आएको सेयर बजारमा साताको पहिलो कारोबार दिन आइतबार कारोबार रकम समेत खुम्चिएको छ । आइतबार बजार २६.८७ अंकले घटेर १८८८.२७ विन्दुमा झरेको छ । यो १.४० प्रतिशतको गिरावट हो ।

आइतबार २५९ धितोपत्रको ३२ हजार १६८ वटा कारोबारबाट ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँको भएको छ । गत बिहीबार भने १ अर्ब ४१ करोड ३२ लाखको कारोबार भएको थियो ।

आइतबार सबै उपसूचकको मूल्यमा गिरावट आएको छ । म्युचुअल फण्ड र लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।घट्दो बजारमा पनि आइतबार माया खोला हाइड्रो र एसियन हाइड्रोको मूल्य भने सकारात्मक सर्किट लेवलमा बढेको छ । कालिञ्चोक दर्शन प्रालिको समेत मूल्य धेरैले बढ्यो ।

जीवन विकास लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, युनिक नेपाल लघुवित्त र महिला लघुवित्तको सेयर मूल्य नकारात्मक सर्किट लेवलमा घटेको छ ।

आइतबार हिमालयन डिष्ट्रिलरी, एनआइसी एसिया, नेस्डो, नविल बैंक, शिवम् सिमेन्टसहितका धितोपत्रको कारोबार धेरै भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?