+
+

यी हुन एनएनआईपीए अवार्ड विजेता खेलाडी (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७९ चैत २० गते १९:५७

२० चैत, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा र ब्याडमिन्टनका प्रिन्स दाहाल नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ एनएनआईपिएले प्रदान गर्ने अवार्डमा सर्वोत्कृष्ट चुनिएका छन् ।

नएनआईपिएले आयोजना गरेको १७ औं एनएनआईपीए स्पोर्टस अवार्डमा महिलातर्फ एञ्जिला र पुरुषमा प्रिन्सलाई सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरेको हो । सर्वोत्कृष्ट चुनिएका उनीहरुलाई अवार्डसहित समान एक/एक लाख रुपैयाँ प्रदान गरिएको छ ।

यस्तै कराँतेकी चञ्चला दनुवार महिलातर्फ र पुरुषतर्फ गल्फका सद्भाव आचार्य प्रतिभाशाली खेलाडी चुनिएर जनही ५० हजार प्राप्त गरे ।

सर्वाेत्कृष्ट पारा एथलेट अवार्ड सुभेक्षा खतिवडाले प्राप्त गर्दा गजराज आदर्शा खेल व्यक्तित्व अवार्ड खड्गबहादुर रानाभाट र उत्कृष्ट खेलकुद पत्रकार पुरस्कार धु्रव तुलाधरले प्राप्त गरे । पारा अवार्ड विजेताले १५ हजार, गजराज आदर्श खेल व्यक्तित्व अवार्ड विजेताले ३५ हजार र खेलकुद पत्रकारिता पुरस्कार विजेताले २५ हजार प्राप्त गरे ।

ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका उत्कृष्ट खेलाडीलाई जनही १० हजारले सम्मान समेत गरिएको थियो । यसपटक आर्चरीका इमायुङ राई, एथलेटिक्सका दीपक अधिकारी, ब्याडमिन्टनका प्रिन्स दाहाल, बास्केटबलका अनुषा मल्ल, बक्सिङका सुष्मा तामाङ, साइक्लिङका निष्मा श्रेष्ठ र फेन्सिङका ओमकार सिंहले उत्कृष्ट खेलाडी अवार्ड प्राप्त गरे ।

त्यस्तै फुटबलका एञ्जिला तुम्बापो सुब्बा, गल्फका सद्भाव आचार्य, जिम्न्यास्टिकका नारायण मानन्धर, ह्याण्डबलका विशाल नेपाली, हक्कीका कमला चन्द, जुडोका सञ्जित डंगोल, कबड्डीका घनश्याम रोकामगर, करातेका चन्चला दनुवार, र्‍याफ्टिङ एन्ड क्यानोइङका मोहन राणा, सुटिङका सुष्मिता नेपाल, स्कीका संगिता लामा, पौडीका एलेक्जेण्डर शाह, टेबलटेनिसका सिक्का सुवाल श्रेष्ठ, टेनिसका रितिक राना, ट्रायथलनका श्रेबी महर्जन, भलिबलका सलिना श्रेष्ठ, भारोत्तोलनका विशालसिंह बिष्ट, कुस्तीका सुशीला चन्द र उसुका सुष्मिता तामाङले उत्कृष्ट खेलाडी अवार्ड प्राप्त गरे ।

विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठ र विभिन्न संघका प्रतिनिधि लगायतले पुरस्कार वितरण गरेका थिए ।

अवार्ड समारोहका तस्वीरहरू हेर्नहोस् : 

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?