+
+

सिक्किममा हिमपहिरो जाँदा कम्तीमा ७ पर्यटकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते २०:४०

२१ चैत, काठमाडौं । सिक्किममा मंगलबार गएको हिमपहिरोमा परेर कम्तीमा ७ जना पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन ।

नाथुला र गान्तोकबीचको क्षेत्रमा गएको हिमपहिरोमा कम्तीमा १२ जना घाइते छन् । २३ जनाको उद्दार भएको भारतीय रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट कर्णल महेन्द्र रावतले भारतीय सञ्चारमाध्यमहरुलाई बताएका छन् ।

हिमपहिरोमा परेकाहरुको खोजी तथा उद्दार कार्यमा भारतीय सेनाको टोली खटिएको छ । सिक्किमको स्थानीय अनलाइन समाचार पोर्टल भ्वाइस अफ सिक्किमका अनुसार भारतीय समय अनुसार मध्याह्न १२ः२० बजे हिमपहिरो गएको थियो ।

हिमपहिरोमा परेर कम्तीमा ५ देखि ६ वडा सवारीसाधन पुरिएको आशंका छ । मंगलबार साँझ ट्विट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिमपहिरोमा पर्नेको खोजी तथा उद्दार कार्य जारी भएको बताउँदै प्रभावितलाई हरसम्भव सहायता प्रदान गर्ने बताएका छन् ।

गृहमन्त्री अमित शाह सिक्किमको अवस्थालाई नजिकबाट नियालिरहेको बताउँदै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?