+

पेट र आन्द्रा बिगार्ने जीवाणु ‘एच पाइलोरी’

२०७९ चैत  २४ गते १३:३५ २०७९ चैत २४ गते १३:३५
पेट र आन्द्रा बिगार्ने जीवाणु ‘एच पाइलोरी’

एच पाइलोरी मानिसको पेटमा हुने एक प्रकारको ब्याक्टेरिया हो । यो करिब ६० प्रतिशत वयस्कहरुको पेटमा हुन्छ तर सामान्य अवस्थामा यसले कुनै पनि हानि पुर्‍याउँदैन । यद्यपि संक्रमण बढ्दै गएमा भने अल्सर हुन सक्छ र अवस्था जटि बन्दै गए क्यान्सर समेत हुने जोखिम हुन्छ ।

पूरा रुप हेलिकोब्याक्टर पाइलोरी रहेको यो ब्याक्टेरिया नेपालीहरुमा भने आत्तिनु नै पर्नेगरी जोखिमपूर्ण देखिएको छैन । एच पाइलोरी भयो भनेर आत्तिनु नपर्ने विज्ञहरु बताउँछन् । यसबारे नेपालमा गरिएको अनुसन्धानको आधारमा २३–२४ प्रकारका एच पाइलोरी ब्याक्टेरिया देखिएको पुष्टि भएको छ । यो ब्याक्टेरियाले आन्द्रामा संक्रमण गर्ने र पेटमा एसिडको मात्रा बढाउने काम गर्छ ।

जापान र चीनमा देखिने एच पाइलोरी कडा खालको वा घातक हुन्छन् । त्यहाँका एच पाइलोरीले क्यान्सर निम्त्याउने जोखिम बढी देखिन्छ । सबैभन्दा बढी एच पाइलोरी संक्रमण अफ्रिकामा देखिन्छ ।

एच पाइलोरीका लक्षण

यसको लक्षण सामान्यतया ग्यास्ट्रिकको जस्तै हुन्छ । पेट दुख्ने, पेट फुल्ने, पेटमा जलन हुने, पेट खाली छ भने झन् बढी दुख्ने, बान्ता हुने, भोक कम लाग्ने, छिनछिनमा डकार आउने, शरीरको तौल घट्दै जाने लक्षण एच पाइलोरी हुँदा देखिन्छ ।

सामान्यतया यो दूषित पानी र खानाबाट पेटमा प्रवेश गर्छ । । परिवारमा कोही यसबाट संक्रमित भएमा उसको थुक, बान्ता र दिसाबाट अरुलाई पनि संक्रमण हुन सक्छ । एच पाइलोरी परिवारका एक जनालाई भएपछि सबै सदस्यलाई सर्ने सम्भावना हुन्छ ।

कसरी थाहा पाउने ?

कहिलेकाहीं एच पाइलोरी पेटभित्र संक्रमण भएपनि लक्षण नदेखिएको हुन सक्छ । यस्तो अवस्थामा केही हल्का ग्यास्ट्रिकको लक्षण देखा परेमा जाँच गराइहाल्नुपर्छ । एच पाइलोरी शरीरभित्र छ कि छैन थाहा पाउन रगत, दिसा, श्वासप्रश्वास, पीसीआर, इण्डोस्कोपी, बायोप्सी जाँच गराएमा एच पाइलोरी भए नभएको थाहा पाउन सकिन्छ ।

उपचार

पेठमा एच पाइलोरी ब्याक्टेरियाको संक्रमण भएको छ भने यसका लागि औषधि दिइन्छ । दुई हप्तासम्म यो औषधि खाएमा यो निको हुन्छ । यसबाहेक एन्टिबायोटिक र एन्टासिड्स (पेटमा भएको एसिड कम गर्ने) औषधिको सेवन गरेर पनि एच पाइलोरीको संक्रमण निको पार्न सकिन्छ ।

एच पाइलोरीबाट जोगिने उपाय

सरसफाइमा ध्यान दिने, सफा खानेकुरा खाने, स्वच्छ पानी पिउने, बेलाबेलामा स्वस्थ्य परीक्षण गराउने गरेमा यसको संक्रमणबाट बच्न सकिन्छ ।

(पेट तथा केलजो रोग विशेषज्ञ डा. शर्मा ललितपुर नख्खुस्थित नेपाल मेडिसिटी अस्पातलमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

एच पाइलोरी स्वास्थ्य
लेखक
डा. सुनिलकुमार शर्मा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या

नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या

‘बिरामीले चिउरा, घिउदेखि कुकुरसम्म गिफ्ट दिए’ (भिडियो)

‘बिरामीले चिउरा, घिउदेखि कुकुरसम्म गिफ्ट दिए’ (भिडियो)

कसरी भएको थियो एक्स-रे प्रविधिको आविष्कार ? दुई प्रसिद्ध तस्बिरको कथा

कसरी भएको थियो एक्स-रे प्रविधिको आविष्कार ? दुई प्रसिद्ध तस्बिरको कथा

क्यान्सरसँग लडिरहेकी कल्पना भन्छिन्, ‘यो एक रोग हो, जीवनको अन्त्य होइन’

क्यान्सरसँग लडिरहेकी कल्पना भन्छिन्, ‘यो एक रोग हो, जीवनको अन्त्य होइन’

मोबाइल स्क्रोलिङले निद्रामा पार्छ प्रभाव, वैज्ञानिक तथ्यले के भन्छ ?

मोबाइल स्क्रोलिङले निद्रामा पार्छ प्रभाव, वैज्ञानिक तथ्यले के भन्छ ?

शरीरमा रातो कोठी किन बन्छ ? के छ उपचार ?

शरीरमा रातो कोठी किन बन्छ ? के छ उपचार ?