+

मधुमेहका बिरामीले रक्सी पिउँदा के हुन्छ ?

२०७९ चैत  २४ गते १६:४१ २०७९ चैत २४ गते १६:४१
Shares
मधुमेहका बिरामीले रक्सी पिउँदा के हुन्छ ?

‘खाने मुखलाई जुँगाले छेक्दैन’ भने झैं अम्मलीहरु सकेसम्म मौकाको खोजीमा हुन्छन्, रक्सी पिउनका लागि । उनीहरु यस्तो बहाना खोजिरहेका हुन्छन्, जहाँ रक्सी पिउने अनुकूलता मिलोस् ।

रक्सीप्रतिको यो आसक्ति कतिसम्म छ भने स्वास्थ्यले साथ नदिए पनि उनीहरु यसबाट टाढा रहँदैनन् । चाहे उच्च रक्तचापले गाँजेको होस् वा मधुमेहले च्यापेको ।

मधुमेह भएकाले रक्सी पिउन हुन्छ ?

मधुमेहमा रक्सी पिउँदा रगतमा चिनीको मात्रा धेरै बढाउन वा घटाउन सक्छ । किनभने यसमा कार्बोहाइड्रेट र क्यालोरी उच्च हुन्छ, जसले बिरामीको अवस्था बिग्रिन सक्छ । रगतमा चिनीको मात्रा बढ्ने भएकाले मधुमेहका बिरामीले रक्सी नपिउनु नै उचित हो । शरीरमा सुगरको लेबल एकदमै कम वा बढी छ र कलेजोको समस्या भएकाले त पिउनै भएन । तर सुगर नियन्त्रणमा छ भने कहिलेकाहीं पार्टीमा, एक–दुई महिनाको अन्तरालमा पिउनै परे पनि पुरुषले ६० एमएल र महिलाले ३० एमएल पिउन सक्छन् ।

रक्सी तथा चुरोट खाने बित्तिकै त्यसले असर गर्ने होइन । त्यसको असर कालान्तरमा देखिन्छ । मधुमेहको समस्या भएको व्यक्तिले दैनिक रक्सीको सेवन गर्छ भने कालान्तरमा उसलाई विभिन्न समस्याले सताउन सक्छ । कालान्तरमा शरीरका विभिन्न अंगलाई यसले बिगार्न सक्छ ।

दैनिक ६० एमएलभन्दा बढी रक्सी पिउने व्यक्तिमा सुगर लेभल बढेर मिर्गौला, आँखा, मुटुमा समस्या निम्तिन सक्छ ।

रक्सी खाएपछि मधुमेहको औषधि खाँदा के हुन्छ ?

रक्सी मधुमेहको औषधिसँग मिसिएपछि रगतमा चिनीको मात्रा धेरै कम हुन्छ र हाइपोग्लाइसेमियाको जोखिम बढ्छ । कतिपय अवस्थामा रक्सी र औषधिको प्रतिक्रियाले पनि स्वास्थ्यमा हानिकारक असर देखाउन सक्छ ।

रक्सी पिउनाले मिर्गौलाको कामलाई असर गर्न सक्छ । यसले मिर्गौलासम्बन्धी समस्याको जोखिम बढाउँछ । रक्सीले प्याङ्क्रियाजलाई असर गर्छ, जसले इन्सुलिनको उत्पादनमा पनि असर पर्न सक्छ ।

रक्सी पिउनाले कलेजोमा बोसो जम्मा हुनसक्छ, जसले भविष्यमा फ्याटी लिभरको समस्या निम्त्याउँछ । मधुमेहका बिरामीमा कलेजोसम्बन्धी समस्याको जोखिम पहिले नै हुन्छ, यस्तोमा रक्सीको कारण जोखिम झनै बढ्छ ।

रक्सीमा कार्बोहाइड्रेट र क्यालोरी उच्च हुने भएकाले रक्सी पिउँदा मोटोपन, कोलेस्टेरोल, फ्याटी लिभर र मधुमेहको जोखिम हुन्छ ।

(सुगर, थाइराइड र हार्मोन विशेषज्ञ डा. रौनियार काठमाडौंस्थित ओम अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइँटेलले गरेको कुराकानीमा आधारित)

मधुमेह रक्सी
बजरंगकुमार रौनियार
लेखक
बजरंगकुमार रौनियार
सुगर, थाइराइड तथा हार्मोनरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ६८९५ हाल एमबीबीएस (केयू), एमडी (ढाका) हाल सुगर, थाइराइड तथा हार्मोनरोग विशेषज्ञको रुपमा काठमाडौं चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सुदूर अस्पतालको शय्या नम्बर २४

सुदूर अस्पतालको शय्या नम्बर २४

हैजाको जोखिममा काठमाडौं !

हैजाको जोखिममा काठमाडौं !

रक्तदानपछि छिटै ताजा महसुस गर्न के-के खाने ?

रक्तदानपछि छिटै ताजा महसुस गर्न के-के खाने ?

स्वास्थ्य शिक्षा प्रवेश परीक्षामा केवल अंकको मात्रै प्रतिस्पर्धा कति उपयुक्त ?

स्वास्थ्य शिक्षा प्रवेश परीक्षामा केवल अंकको मात्रै प्रतिस्पर्धा कति उपयुक्त ?

रास्वपाको ‘स्वास्थ्य बीमा पुनर्संरचना मार्गचित्र’ र जोगीको कथा

रास्वपाको ‘स्वास्थ्य बीमा पुनर्संरचना मार्गचित्र’ र जोगीको कथा

सिटामोलले मात्रै नघट्न सक्छ ‘लू’ को ज्वरो, बेवास्ता गर्दा ज्यानै जोखिममा

सिटामोलले मात्रै नघट्न सक्छ ‘लू’ को ज्वरो, बेवास्ता गर्दा ज्यानै जोखिममा