+

मधुमेहका बिरामीले रक्सी पिउँदा के हुन्छ ?

२०७९ चैत  २४ गते १६:४१ २०७९ चैत २४ गते १६:४१
मधुमेहका बिरामीले रक्सी पिउँदा के हुन्छ ?

‘खाने मुखलाई जुँगाले छेक्दैन’ भने झैं अम्मलीहरु सकेसम्म मौकाको खोजीमा हुन्छन्, रक्सी पिउनका लागि । उनीहरु यस्तो बहाना खोजिरहेका हुन्छन्, जहाँ रक्सी पिउने अनुकूलता मिलोस् ।

रक्सीप्रतिको यो आसक्ति कतिसम्म छ भने स्वास्थ्यले साथ नदिए पनि उनीहरु यसबाट टाढा रहँदैनन् । चाहे उच्च रक्तचापले गाँजेको होस् वा मधुमेहले च्यापेको ।

मधुमेह भएकाले रक्सी पिउन हुन्छ ?

मधुमेहमा रक्सी पिउँदा रगतमा चिनीको मात्रा धेरै बढाउन वा घटाउन सक्छ । किनभने यसमा कार्बोहाइड्रेट र क्यालोरी उच्च हुन्छ, जसले बिरामीको अवस्था बिग्रिन सक्छ । रगतमा चिनीको मात्रा बढ्ने भएकाले मधुमेहका बिरामीले रक्सी नपिउनु नै उचित हो । शरीरमा सुगरको लेबल एकदमै कम वा बढी छ र कलेजोको समस्या भएकाले त पिउनै भएन । तर सुगर नियन्त्रणमा छ भने कहिलेकाहीं पार्टीमा, एक–दुई महिनाको अन्तरालमा पिउनै परे पनि पुरुषले ६० एमएल र महिलाले ३० एमएल पिउन सक्छन् ।

रक्सी तथा चुरोट खाने बित्तिकै त्यसले असर गर्ने होइन । त्यसको असर कालान्तरमा देखिन्छ । मधुमेहको समस्या भएको व्यक्तिले दैनिक रक्सीको सेवन गर्छ भने कालान्तरमा उसलाई विभिन्न समस्याले सताउन सक्छ । कालान्तरमा शरीरका विभिन्न अंगलाई यसले बिगार्न सक्छ ।

दैनिक ६० एमएलभन्दा बढी रक्सी पिउने व्यक्तिमा सुगर लेभल बढेर मिर्गौला, आँखा, मुटुमा समस्या निम्तिन सक्छ ।

रक्सी खाएपछि मधुमेहको औषधि खाँदा के हुन्छ ?

रक्सी मधुमेहको औषधिसँग मिसिएपछि रगतमा चिनीको मात्रा धेरै कम हुन्छ र हाइपोग्लाइसेमियाको जोखिम बढ्छ । कतिपय अवस्थामा रक्सी र औषधिको प्रतिक्रियाले पनि स्वास्थ्यमा हानिकारक असर देखाउन सक्छ ।

रक्सी पिउनाले मिर्गौलाको कामलाई असर गर्न सक्छ । यसले मिर्गौलासम्बन्धी समस्याको जोखिम बढाउँछ । रक्सीले प्याङ्क्रियाजलाई असर गर्छ, जसले इन्सुलिनको उत्पादनमा पनि असर पर्न सक्छ ।

रक्सी पिउनाले कलेजोमा बोसो जम्मा हुनसक्छ, जसले भविष्यमा फ्याटी लिभरको समस्या निम्त्याउँछ । मधुमेहका बिरामीमा कलेजोसम्बन्धी समस्याको जोखिम पहिले नै हुन्छ, यस्तोमा रक्सीको कारण जोखिम झनै बढ्छ ।

रक्सीमा कार्बोहाइड्रेट र क्यालोरी उच्च हुने भएकाले रक्सी पिउँदा मोटोपन, कोलेस्टेरोल, फ्याटी लिभर र मधुमेहको जोखिम हुन्छ ।

(सुगर, थाइराइड र हार्मोन विशेषज्ञ डा. रौनियार काठमाडौंस्थित ओम अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइँटेलले गरेको कुराकानीमा आधारित)

मधुमेह रक्सी
बजरंगकुमार रौनियार
लेखक
बजरंगकुमार रौनियार
सुगर, थाइराइड तथा हार्मोनरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ६८९५ हाल एमबीबीएस (केयू), एमडी (ढाका) हाल सुगर, थाइराइड तथा हार्मोनरोग विशेषज्ञको रुपमा काठमाडौं चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गृहिणीलाई कस्तो रोगको जोखिम हुनसक्छ ?

गृहिणीलाई कस्तो रोगको जोखिम हुनसक्छ ?

मुसाले टोकेमा रेबिज हुनसक्छ ?

मुसाले टोकेमा रेबिज हुनसक्छ ?

गर्भावस्थामा छाला चिलाउने, डाबर आउने समस्या भए के गर्ने ?

गर्भावस्थामा छाला चिलाउने, डाबर आउने समस्या भए के गर्ने ?

गर्भावस्थामा उच्च रक्तचापको समस्या भए के गर्ने ?

गर्भावस्थामा उच्च रक्तचापको समस्या भए के गर्ने ?

नवदम्पतीले एकअर्काको विगतबारे बताउन जरुरी छ ?

नवदम्पतीले एकअर्काको विगतबारे बताउन जरुरी छ ?

गर्भावस्थामा पिसाब संक्रमण भए के गर्ने ?

गर्भावस्थामा पिसाब संक्रमण भए के गर्ने ?